कोशीका सभामुख बाबुराम गौतम (फाइल तस्बिर)
काठमाडौं– सरकार निर्माणको प्रक्रियामा सहभागी भएको भन्दै कोशी प्रदेशका सभामुख बाबुराम गौतमको भूमिकालाई लिएर प्रश्न उठेको छ। गठबन्धनबाट नेपाली कांग्रेसका नेता उद्धव थापाले प्रदेश प्रमुखसमक्ष पेस गरेको दाबेदारीमा सभामुख गौतमले पनि हस्ताक्षर गरेका थिए।
सभामुखको भूमिकालाई लिएर संविधानविद्देखि विपक्षी दल एमालेसहित दलका नेताहरुले प्रश्न उठाइरहेका छन्। सभामुखले संविधान विपरीत सरकार निर्माणमा सहभागिता जनाएको भन्दै आलोचना भइरहेको छ।
सभामुख गौतम भने आफ्नो कदमको बचाउमा उत्रिएका छन्। प्रदेशमा सरकार गठन नै नहुने अवस्था सिर्जना भएपछि निकास दिनका लागि आफूले भूमिका खेलेको दाबी गरेका छन्।
संचारकर्मीसँग प्रतिक्रिया दिँदै सभामुख गौतमले भने, ‘प्रदेशलाइ निकासविहीन राख्न सक्थ्यौँ त हामीले? भन्दा निकासविहीन पनि राख्न सक्दैनथ्यौँ। समिकरण कति टिक्छ उहाँहरुले जान्ने कुरा हो। तर अहिले मैले निकास दिनु पर्थ्यो र निकास दिएको हो।’
उनले परिस्थिति परि आए आफू राजीनामा दिन समेत तयार रहको बताएका छन्। कोसीमा सभामुख सहितको हस्ताक्षरले बहुमत पुर्याएर कांग्रेसका थापा मुख्यमन्त्री नियुक्त भएका हुन्। थापाले आज सपथ लिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।