काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले गर्दै आएको संसद् अवरोधले शुक्रबार पनि निरन्तरता पाएको छ। एमालेले शुक्रबार संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा अवरोध गरेको छ।
एमालेको अवरोधपछि राष्ट्रिय सभाको शुक्रबारको बैठक स्थगित भएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक आइतबार ११:३०मा बस्ने गरी स्थगित भएको घोषणा गरे।
यसअघि बिहीबार र बुधबारको बैठक पनि एमालले अवरोध गरेकै कारण स्थगित भएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार एक पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन पुस्तकका पात्र दिल्ली गएको अभिव्यक्ति दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।