काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यो देशमा दिल्लीको आदेश मान्ने सांसदहरुको बहुमत सरकारमा रहेको बताएका छन्।
बिहीबार राति सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डभन्दा पनि उनलाई प्रधानमन्त्री बनाउनेहरु नै दिल्लीको आदेश मान्नेहरु भएको बताएका हुन्।
उनले यो देश भारतीय गुलामहरुले चलाउँदै गरेको र आफू मात्र विरोधमा रहेको भन्दै सरकार र राजनीतिक दलहरुलाई प्रश्नसमेत गरेका छन्।
साथै उनले सबैलाई मरेशका लाशहरुको संज्ञासमेत दिएका छन्। उनले भनेका छन्, ‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो। दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा। भारतीय गुलामहरुले देश चलाउँदैछ र म मात्र विरोधमा? र, म मात्र अदालतको अवहेलनामा? सबैजना मरेका लाशहरु हुन्?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।