• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एसईई नतिजा : मध्यम विद्यार्थीलाई उत्कृष्टमा लान शिक्षाविद्को सुझाव

64x64
रासस बिहीबार, असार २१, २०८०  २०:४२
1140x725

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफल समग्रमा सुधारोन्मुख हुनुमा शिक्षक–विद्यार्थीको मेहनत र अभिभावकको जागरुकता मुख्य कारण रहेको शिक्षाविद् र शिक्षाकर्मीहरूको बुझाइ रहेको छ। साथै उनीहरूले मध्यमस्तरका विद्यार्थीलाई उत्कृष्टमा उकास्ने चुनौती कायमै रहेकाले त्यस प्रकारको योजना ल्याउन ध्यान दिन आग्रह गरेका छन्।

राष्ट्रिय परीक्षा बोर्डले संवत् २०७९ को एसईईको नतिजा आज सार्वजनिक गरेपछि प्रारम्भिक विश्लेषणको प्रतिक्रिया दिँदै विज्ञहरूले माथिल्लो ग्रेडमा विद्यार्थी केही वृद्धि भए मध्यम ग्रेडमा धेरै विद्यार्थी रहेको देखिएले आगामी दिनमा पठपाठनमा सुधार्न सुझाएका हुन्। शिक्षाविद् डा मनप्रसाद वाग्लेले मध्यम विद्यार्थीलाई उत्कृष्टमा उकास्ने योजना आवश्यक रहेको प्रतिक्रिया दिए। 

प्रकाशित नतिजाअनुसार स्तरीकृत अंक (जीपीए) दुईदेखि दुई दशमलव ४० सम्म यस वर्ष सबैभन्दा धेरै एक लाख २२ हजार ९३ विद्यार्थी अर्थात् २१ दशमलव ०९ विद्यार्थी छन् भने जिपिए तीन दशमलव २० देखि तीन दशमलव ६० अन्तरमा ५५ हजार ६९ अर्थात् ११ दशमलव ३६ प्रतिशत छन्। 

जीपीए तीन दशमलव ६० देखि चार अन्तरमा यस वर्ष २२ हजार चार सय ७५ अर्थात् चार दशमलव ६३ प्रतिशत विद्यार्थी छन्। यी सबै स्तरीकृत अंकमा अघिल्लो वर्षकोभन्दा नतिजा सुध्रिएको छ। प्रयोगात्मक भएका अङ्ग्रेजी, नेपाली र विज्ञानमा विषयमा विद्यार्थीले झन् राम्रो नतिजा ल्याउन सफल भएका छन् भने प्रयोगात्मक नभएको गणितमा धेरै विद्यार्थीको कमजोर रहेको देखिएको छ।

शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले परीक्षाफललाई सरसर्ती हेर्दा स्थानीय तह र विद्यालयहरूमा एक प्रकारको सुधारको जागरण आएको देखिएको बताउँदै आगामी दिनमा एउटा स्थानीय तह र अर्को स्थानीय तह तथा एक विद्यालय र अर्को विद्यालयबीच प्रतिस्पर्धा गराउँदै हरेक केटाकेटीलाई प्रविधि र सिकाइसँग जोड्न शिक्षकलाई स्तरोन्नति गर्न सक्ने हो भने अझै नतिजा वृद्धि हुने बताए।

Ncell 2
Ncell 2

काठमाडौं विश्वविद्यालय ‘स्कुल अफ एजुकेशन’का डीन एवं शिक्षाविद् डा बालचन्द्र लुइँटेलले कोभिडपछि शिक्षा सुधार्ने चिन्तनका साथ जसरी स्थानीय तह लागे, त्यसले सार्वजनिक विद्यालयमा राम्रो पढाइ हुन थालेको नतिजाले देखाएको बताए। 

‘परीक्षा प्रणालीमा सुधर्ने र लापरबाही नहुने कुराले पनि सकारात्मक प्रभाव पारेको छ। प्रश्नपत्र रचनात्मक हुनेतर्फ उन्मुख छ तर सुधारका प्रयत्न समानरूपमा भएको छैन भन्ने देखिन्छ’, डा लुइँटेलले भने, ‘जान्ने समूहको विद्यार्थी अझ जान्ने भयो भने नजान्ने समूह नजान्ने नै छ। तल्ला ग्रेडमा रहेका विद्यार्थी, जो दुर्गमका वा सरकारी विद्यालयका पनि कमजोर छन्, उनीहरूको परीक्षाफल सुधार हुन नसकेको अनुमान गर्न सकिन्छ।’

उनले नतिजा र स्रोत साधनको अन्तरसम्बन्ध मिलेर शिक्षक दरबन्दी पर्याप्त भएका विद्यालयले तथा शिक्षा सुधारमा प्राथमिकता दिएका स्थानीय तहको समग्र नतिजा राम्रै देखिएको बताए।

नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरका बुझाइमा सामुदायिक विद्यालयको अवस्था सुधारोन्मुख हुनुमा विद्यालय व्यवस्थापन समितिको जागरुकता, शिक्षकको मेहनत र समुदायले विद्यालयलाई हेर्ने सकारात्मक दृष्टिकोण एवं सरकारको विद्यालय क्षेत्र सुधार हुँदै विद्यालय शिक्षा क्षेत्र सुधार कार्यक्रमको थालनीले प्रभाव पारेको छ।

‘कोभिडपछि भौतिक उपस्थितिमिा  विद्यालयमा पढ्न पाउँदा अभिभावक र विद्यार्थीहरू उत्साहित भएको र कोभिडका समयमा सञ्चार प्रविधिबाट पढ्दा खेप्नुपरेको हैरानीको राम्रो क्षतिपूर्ति मिलेको अनुभव भएको छ’, नतिजाको सुधारबारे अध्यक्ष तुलाधरले सुनाए।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का अध्यक्ष डिके ढुंगानाले सुधारोन्मुख नतिजाप्रति सन्तोष व्यक्त गर्दै कक्षाकोठाको सिकाइलाई केन्द्रित गर्दै परीक्षा प्रणालीलाई अझै सुधार्न आग्रह गरे। प्रयोगात्मक नम्बरको बलको आधारमा मात्रै नभइ सैद्धान्तिक ज्ञानबारे राम्रोसँग पढेमा मात्रै राम्रो नतिजा आउँछ भन्ने बुझाइ स्थापित गर्नतिर लाग्नुपर्ने अध्यक्ष ढुंगानाको जोड रहेको छ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  २०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा अमेरिकी विदेश मन्त्रालयले आप्रवासन प्रणालीको पुनर्मूल्यांकन गर्नुपर्ने आवश्यकता देखाउँदै आगामी जनवरी २१ देखि लागू हुने गरी भिसा प्रक... बिहीबार, माघ १, २०८२
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते ट्रक पल्टिदा लोड गरिएको मार्बलमाथि बसेका ५ जना कामदारको सोही मार्बलले किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द... बिहीबार, माघ १, २०८२
यस्तो रहनेछ देशभरको मौसम मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफ... बिहीबार, माघ १, २०८२
ताजा समाचारसबै
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण बिहीबार, माघ १, २०८२
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्