काठमाडौं– सरकार गठनका लागि निर्णायक मत रहेको सभामुखको हस्ताक्षरसहित कोशी प्रदेशमा कांग्रेसका उद्वव थापाले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका छन्। सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार ५ बजेसम्मको समयावधि दिएका थिए।
प्रदेश प्रमुखको आह्वान अनुसार कांग्रेसका थापाले माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
कांग्रेसका २९ , मोआवादीका १३, एसका ४ र जसपाकी १ सांसदको हस्ताक्षर बुझाइएको छ। बहुमतका लागि ४७ सांसद आवश्यक पर्ने हुँदा सभामुख रहेका माओवादीका बाबुराम गौतमले पनि हस्ताक्षर गरेका हुन्।
यसअघि एमाले र राप्रपाले सभामुखको हस्ताक्षरसहितको दाबी आएमा अस्वीकार गर्न प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।