काठमाडौं– सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा कुमारी शर्माले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने स्पष्ट पारेकी छन्।
बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले यस्तो बताएकी हुन्।
उनले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने पनि दाबी गरिन्। कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको पनि उनको दाबी छ। उनले सो विषय बेकारको विषय भएकाले संसद्मा उठाउनुपर्ने आवश्यकता नै नरहेको बताइन्। प्रतिपक्षी दलका कारण सरकारले मिटरब्याजीविरुद्धको विधेयक संसद्बाट पास गर्न नपाएको आरोपसमेत लगाइन्।
‘विपक्षीहरुले खास गरेर प्रधानमन्त्रीज्युले एउटा पुस्तक विमोचनमा बोल्नुभएको कुरालाई आधार बनाएर संसद्भित्र जुन राजीनामाको माग गरी संसद् अवरुद्ध गर्नुभएको छ र संसद अवरुद्ध गरिरहँदा जुन हामीले ल्याएको अध्यादेश थियो, जुन मिटरब्याज सम्बन्धी त्यसको हिजो अन्तिम दिन थियो, त्यो निष्क्रिय हुन पुगेको छ। प्रधानमन्त्रीले राजीनामा दिने की नदिने भन्ने विषय हो, यो विषय नै त्यस्तो होइन कि राजीनामा दिनुपर्ने। एउटा कार्यक्रममा गएर बोलेको विषयलाई आधार बनाएर प्रधानमन्त्रीज्युले अन्यथा बोलेको हामीलाई लाग्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।