काठमाडौं– मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ। बिहीबार अपराह्न सिंहदरबारमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बिहीबारको मन्त्रिपरिषद् बैठकमा सार्वजनिक खरिद ऐन संशोधन गर्ने लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले बताएको छ।
ठेक्केदारहरुलाई भुक्तानी गर्न बिलम्व र कानुनी कठिनाइ रहेकोले उक्त विषयलाई सम्बोधन गर्न खरिद ऐन संशोधन गर्न लागेको हो।
यस्तै, मिटर ब्याजसम्बन्धीको विधेयकमा पनि छलफल हुने बताइएको छ। समयमै संसद्बाट पारित हुने नसके पछि उक्त विधेयक हिजोबाट निष्क्रिय भएर गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।