काठमाडौं– सत्तारूढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादित अभिव्यक्तिबारे प्रस्ट पार्ने काम प्रधानमन्त्रीकै भएको बताएको छ।
बिहीबार पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस नेता मीन बहादुर विश्वकर्माले प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लगायतका दलहरूले आफ्नो धर्म निर्वाह गरेको बताए। उनले भने, ‘प्रधानमन्त्रीले जे कुरा बोल्नु भयो, त्यो विषयमा प्रतिपक्ष दलहरूले संसद्मा आफ्नो धर्म निर्वाह गर्नुभएको छ। प्रतिपक्षले राखेका प्रश्नका आधारमा प्रधानमन्त्रीले त्यसलाई संसदमा प्रस्ट्याउनु हुन्छ।’
आफ्नो अभिव्यक्तिका बारेमा प्रस्ट पार्ने पहिलो हक प्रधानमन्त्रीको नै भएको बताउँदै विश्वकर्माले आगामी २७ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा यसबारे छलफल हुने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।