काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति गलत भएको टिप्पणी गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत महामन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डको गल्ती औंल्याएका हुन्।
उनले लेखेका छन्, ‘नेपालको प्रधानमन्त्री नेपालको संसद्ले चयन गर्छ र गर्ने हो। मित्रराष्ट्रहरुलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मुलत प्रधानमन्त्रीकै हो । आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुन सक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो।
उनले प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको रहेको उल्लेख गरेका छन्। साथै शर्माले सत्तारूढले नै प्रश्न गरेको उल्लेख गर्दै प्रमुख प्रतिपक्षीको त मुल कर्तव्य नै भएको बताएका छन्। उनले प्रतिपक्षको आवाजप्रति ऐक्यवद्धता व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।