काठमाडौं- सरकारमा सहभागी ७ दलकमो बैठक बालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रतिपक्ष दलहरु नेकपा एमाले, रास्वपा र राप्रपाले संसद् अवरुद्ध गरेपछि सत्ता-गठबन्धनको आकस्मिक बैठक बसेको हो।
आफूलाई प्रधानमन्त्री बनाउन भारतीय व्यवसायीले सक्रियता देखाएको भन्ने विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डको राजनीतिक र सार्वजनिक वृत्तमा आलोचना भइरहेको छ। प्रधानमन्त्री बनाउन भारतको भूमिका रहने सन्देश जानेगरी प्रधानमन्त्री प्रचण्डले बोलेको भन्दै तीन दलहरुले राजीनामा समेत मागिरहेका छन्।
एमालेले बिहिबार पनि संसदको अवरोध जारी राख्ने जनाएको छ। त्यही विषयमा निकास खोज्न बैठक बसिरहेको सत्ता गठबन्धनका एक नेताले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।