काठमाडौं– फ्रान्सेका केही नागरिहरूले मिडियाको ध्यान तब मात्र पाउँछन् जब तिनीहरू आगोमा डुबेका हुन्छन्। देशमा अहिलेको हिंसाको आगो पनि यसबाट अछुतो छैन।
फ्रान्सका केही सहर र नगरहरु अहिले हिंसाको आगोमा परेका छन्। १७ वर्षीय किशोर नाहेल एमलाई प्रहरीले गोली हानेपछि हिंसा भड्किएको हो।
गत मंगलबार ट्राफिक बत्तीमा गाडी नरोक्दा प्रहरीले गोली चलाउँदा नाहेलको मृत्यु भएको थियो। यो घटना पेरिस नजिकैको नानतेरेमा भएको थियो। त्यसपछि जे हुँदैछ यसले विस्तारै फ्रान्सका धेरै इलाका हिंसाग्रस्त बन्दै गएका छन्।
अहिले यही त्रासदीका कारण फेरि एकपटक ‘बेनेल्यू’ चर्चाको केन्द्रमा छन्। बेनेल्यू फ्रान्सको उपनगरीय इलाका हो। देशभरका यी क्षेत्रहरू फेरि हिंसाको आगोमा जलेका छन्।
कतिपयको नजरमा यो हिंसा गरिबी र भेदभावको परिणाम हो।
फ्रान्सेली समाजमा विद्यमान सामाजिक विकृतिका कारण यस्ता क्षेत्रहरू समय समयमा हिंसाको ज्वालामा डुबेका विगत छन्।
तर कतिपय मानिसहरु यो रायमा सहमत छैनन्। उनीहरू यस्तो दंगा हुन् कानुनी–व्यवस्थामाथिको प्रश्न मान्छन्।
उपनगरीय इलाकाका जनता र तिनीहरुको समस्या
तपाईंको दृष्टिकोण जे होस्। तर यहाँका मानिसहरूलाई तिनीहरूका समस्याहरूबारे थाहा छ जुन समस्या चाँडै अन्त्य हुनेवाला छैनन्।
सन् १९७७ मा तत्कालीन प्रधानमन्त्री रेमण्ड बा ले यस्ता बस्तीहरुको विकास गर्ने योजनाहरु अघि सारे। उनी कुनै इलाकाहरु अभाव र अविकसित नहोस् भन्ने चाहान्थे।
यो उद्देश्य पूरा गर्न धेरै सरकारी विभागहरू स्थापना गरियो। पछिल्लो २० वर्षमा मात्र यस्ता इलाकाहरुको पूर्वाधार निर्माणका लागि ६० अर्ब युरो लगानी भएको छ। यद्दपि, यहाँका समस्या यथावत नै छन्।
बेरोजगारी, लागूपदार्थ र भेदभाव
त्यसोभए आधुनिक विकासले किन हिंसा घटाउन मद्दत गरेन? यसको उत्तर अर्कै भेटिन्छ। यो क्षेत्रमा व्यfप्त बेरोजगारी छ। जसको सह–उत्पादनमा लागुपदार्थको प्रयोग छ र मौजुदा भेदभाव यो क्षेत्रमा आज पनि छ।
देशका सहरी भागका यस्ता गरिबी इलाकाहरुमा कम्तीमा ५० लाख मानिस बस्छन्। यीमध्ये धेरै मानिसहरू तीन वा चार पुस्ताअघि फ्रान्स आएका थिए।
थिंक ट्यांक इन्स्टिच्युट, मान्टेनका अनुसार यी क्षेत्रमा बस्ने ५७ प्रतिशत बालबालिका गरिबीमा बाँचिरहेका समुदायबाट आएका छन्।
फ्रान्सको बाँकी जनसंख्यामा २१ प्रतिशत बालबालिका मात्र गरिब पृष्ठभूमिबाट आएका छन्। अन्य क्षेत्रहरूको तुलनामा गरिब क्षेत्रका युवाहरु तीन गुणा बढी बेरोजगार छन्।
यी क्षेत्रलाई यातायात व्यवस्थासँग जोड्न अर्बौं रुपैयाँ खर्चिए पनि यहाँका बासिन्दाको सबैभन्दा ठूलो गुनासो भनेकै एकान्तमा पर्नु पनि हो।
हिंसा र द्वन्द्वको इतिहास
सन् २०१२ देखि २०२० सम्म यस्ता क्षेत्रमा ३६ सुरक्षाकर्मी मारिएका छन्। अपराधीसँगको भिडन्तमा वर्षेनी पाँच हजार सुरक्षाकर्मी घाइते हुने गरेका छन्। अहिलेकै दंगामा पनि ठूलो संख्यामा प्रहरी घाइते भइसकेका छन्।
नाहेलको मृत्यु एक्लो घटना भने होइन। प्रहरीको तथ्यांकअनुसार गतवर्ष गाडी चलाउँदा प्रहरीले रोक्न नमान्दा १३ जनाको ज्यान गएको थियो।
फ्रान्समा यस्ता हरेक मृत्युले हिंसाको विस्फोट गराउने गरेको छ र प्रहरीले यस्ता घटना न्यूनीकरणमा वैकल्पिक उपाय खोजेको पनि छैन।
जसका कारण प्रहरी र जनताबीचको अविश्वासको खाडल फराकिलो बन्दै गएको छ।
फ्रान्सको उपनगरमा हिंसाको पहिलो घटना सन् १९७९ मा भएको थियो। त्यसपछि यस्ता घटनाका शृंखला निरन्तर थपिँदै गएका छन्।
उपनगरलाई मूलधारमा ल्याउने प्रयास
अहिलेसम्मको सबैभन्दा ठूलो हिंसा सन् २००५ मा भएको थियो। पेरिस नजिकैको विद्युतीय सबस्टेसनमा प्रहरीबाट लुक्न खोज्दा दुई किशोरको मृत्यु भएको छ।
यसपछि देशभरका उपनगरीय क्षेत्रमा हिंसा भड्किएको थियो भने गाडीहरु जलाइएका थिए। पसलहरु लुटिएका थिए र प्रहरीमाथि आक्रमण भएको थियो।
त्यसबेला सरकारले तीन साताका लागि संकटकाल लगाउनु परेको थियो। यसपछि फ्रान्सको उपनगरमा बेलाबेलामा हिंसा भड्किरहेको छ।
स्थिति सुधारउन्मुख छ तर तर पुगेको छैन
एक तथ्यांक अनुसार यी क्षेत्रमा स्नातक तहको अध्ययन गर्नेको संख्या सामान्य क्षेत्रका मानिसको बराबर पुगेको छ।
तर त्यहाँको अर्को सत्य के हो भने बहुसंख्यक प्रवासी रहेकोले तीनले र तिनका सन्तानहरूले अभाव, भेदभाव र अन्य अवरोधहरू सामना गर्नु परेको छ।
पछिल्ला वर्षहरुमा धेरै मानिसहरूले यी उपनगरीय क्षेत्रहरू छोड्ने गरेका छन्। यद्यपि, गरीबी र अभाव झेलेको यी क्षेत्रहरूमा वर्षौंदेखि फसेका मानिसहरूको संख्या अझै ठूलो मात्रमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।