• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘कम्फरटेबल’ बन्दै गएका प्रचण्डको अपाच्य अभिव्यक्ति

64x64
डिबी खड्का बुधबार, असार २०, २०८०  १९:०३
1140x725

काठमाडौं- ‘उहाँ राजनीतिमा पनि रुची राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटी दिल्ली जानुभयो। काठमाडौंका पार्टीहरुका नेताहरुसँग लगातार छलफल गर्नु पनि भयो,’ प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली, द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल’ विमोचन समारोहमा भने।

त्यही अभिव्यक्तिलाई लिएर सार्वजनिक रुपमा विरोध भइरहेको छ। प्रधानमन्त्री भारतको आशिर्वादमा मात्रै बन्न सकिने हल्लाहरुलाई प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले सत्यमा परिणत गरेको भन्दै विरोध भएको हो। भारतीय पक्षले गर्ने दाबी र नेपालमा हुने आशंकालाई प्रचण्डको भनाइले पुष्टि गरेको भन्दै आक्रोश फैलिएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दलहरुले संसद् नै अवरुद्ध गरेका छन्। प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिका कारण बुधबारकै प्रतिनिधि सभा  र राष्ट्रिय सभाका बैठक अवरुद्ध भए।

एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा नै माग गरेको छ। प्रतिनिधि सभामा एमालेको तर्फबाट बोल्दै रघुजी पन्तले प्रधानमन्त्री नैतिकताको आधारमा पदमा बस्न उपयुक्त नभएको बताए। उनले भने, ‘नैतिकताको आधारमा अब उहाँले प्रधानमन्त्रीको पदमा बस्न उपयुक्त हुँदैन। उहाँले राजीनामा दिनुपर्छ। जोसुकै प्रधानमन्त्री बनोस्, दिल्लीतिर नफर्किने, नेपालीतिर फर्किने, नेपाली माटोतिर फर्किने प्रधानमन्त्री चाहियो। जसले यो देशको स्वाभिमान, गरिमा  र मर्यादालाई रक्षा गर्न सकोस्।’

विरोधको आवाज चर्को बन्दै गएपछि प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिएका छन्। आफ्नो भनाइलाई गलत तरिकाले उछालेर बबण्डर मच्चाउन खोजिएको उनको आरोप छ। अखिल क्रान्तीकारीले आयोजना गरेको स्ववियू काउन्सिलको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्पष्टीकरण दिए, ‘उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ पुग्नुहुन्छ, कहिले दिल्ली, कहिले नेपालका पार्टीहरुसँग लाग्नुहुन्थ्यो। उहाँको बारेमा भनेको कुरालाई अब त्यसलाई उचालेर फेरि एक पटक बबण्डर गर्न खोजिएको छ, त्यो बेलुन पनि छिटै फुट्नेवाला नै छ। त्यसले केही दिनेवाला छैन। हाम्रा विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्नेकुरा देखिन्छ।’

भारतलाई ‘प्रभु’ बनाउने प्रयास
नेपालमा प्रधानमन्त्री  ‘भारतको कृपा’मा बन्ने प्रचण्डको अभिव्यक्ति यो नै पहिलो होइन। २०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचनबाट ठूलो दल भएको नेकपा माओवादीका अध्यक्ष प्रचण्ड एमालेसहितको समर्थनमा २०६५ साउनमा प्रधानमन्त्री भए। उनी नेतृत्वकै सरकारले तत्कालीन प्रधान सेनापति रुक्मांगत कटुवाललाई बर्खास्त गर्ने निर्णय गर्‍यो। जुन क्रियाको प्रतिक्रिया स्वरुप प्रचण्ड सरकार ९ महिनामै ढल्यो।

२०६६ वैशाखमा उनले प्रधानमन्त्रीबाट राजीनामा दिए। आफ्नो सरकार भारतले गिराएको संकेत गर्दै उनले, ‘विदेशी प्रभुका सामु कुर्सीका लागि नझुक्ने’ बताएका थिए। त्यसपछि बनेको तत्कालीन एमाले महासचिव माधवकुमार नेपालको सरकारलाई माओवादीले ‘प्रभुको इसारामा बनेको सरकार’को संज्ञा दिँदै आन्दोलन गर्‍यो। सरकारले वार्ता गर्ने कोशिस गर्दा ‘सिधै मालिकसँग वार्ता गर्ने’ अभिव्यक्ति दिएका थिए। उनले लक्षित गरेको मालिक दिल्ली थियो। 

त्यसको १४ वर्षपछि स्वयं उनको अभिव्यक्ति आफैंमा ‘अपाच्य’ बनेको छ। जो दिल्लीसँग वार्ता गर्छु भन्ने प्रचण्ड अफू प्रधानमन्त्री बन्नका लागि कसैले दिल्लीमा छलफल चलाएको अभव्यक्ति दिन्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

विश्लेषक चन्द्रदेव भट्ट नयाँ अभिव्यक्तिलाई  ‘प्रचण्डको निरन्तरता’ ठान्छन्। उनी भन्छन्, ‘शक्तिका लागि भित्र पनि शत्रु सिर्जना गर्ने र बाहिर पनि सिर्जना गर्ने पुरानै स्वभावको निरन्तरता हो।’ अहिले प्रचण्डले मात्रै नभइ सन् १९९० को दशकबाटै नेपाली नेताहरुले त्यही अंगालेको उनको भनाइ छ।

अहिले प्रचण्डले दिइरहेका अभिव्यक्ति भने उनको आफ्नो सुविधाअनुसारका रहेको भट्टले बताए। उनले थपे, ‘पार्टी सानो छ। सत्तामा बसिराख्नुपर्नेछ। त्यसैले सुविधाअनुसार अभिव्यक्ति दिइरहनुभएको छ।’

प्रचण्डको परिवर्तित रुप 
भारतलाई  ‘ठूलो देख्ने’ प्रचण्ड दृष्टि पुरानै हो। पहिले शत्रुका रुपमा भारतलाई हेर्थे भने अहिले उनी ‘सारथी’का रुपमा लिन चाहिरहेको जस्तो देखिन्छन्।

त्यसैले प्रचण्डले भारतसँग सम्बन्ध विस्तारका लागि आफूलाई हदैसम्म लचिलो बनाउँदै लगेको पछिल्ला गतिविधिबाट देखिन्छ। प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतमा गर्ने ‘परम्परा’लाई तोड्नै प्रयास गर्दै पहिलो कार्यकालमा चीन गएका उनले त्यसपछि भने जोखिम उठाएनन्।

कुनै समय पशुपतिमा भारतीय भट्ट हटाउने निर्णयसमेत गरे प्रचण्डले। प्रचण्डको पहिलो कार्यकाल ९ महिनामै अन्त्य हुनुको एउटा कारक यही पनि रहेको बताइन्छ। तर, अहिले उनी भारतकै मठमन्दिरमासमेत गेरुवस्त्रमा पुग्न थालेका छन्। जसलाई विश्लेषक भट्ट विजेपीसँग निकट पुग्ने तरिकाका रुपमा हेर्छन्।

‘विजेपी अझै लामो समय भारतीय सत्तामा रहने देखिन्छ। उक्त पार्टीको निकट पुग्न केही न केही 'भ्यालू'हरुसम्म पुग्नुपर्‍यो। विजेपी हिन्दू धर्मसँग निकट भएकाले प्रचण्डले त्यसलाई ग्रहण गरेर विजेपी नजिक पुग्न खोजेको हो कि जस्तो देखिन्छ,’ उनको विश्लेषण छ।

भारतको मध्य प्रदेश राज्यस्थित उज्जेन सहरमा रहेको प्रसिद्ध महाकालेश्वर मन्दिरमा प्रचण्ड पूजा गर्न पुगे। जसलाई उनले ‘सांस्कृतिक कूटनीति’को उपमा दिए। त्यही पूजा र गेरु वस्त्रका कारण भारतीयको मन जितेको स्पष्टीकरण दिएका थिए। भारत भ्रमणबाट नेपाल फर्किँदै गर्दा उनले विमानस्थलमा पत्रकारसँग भने, ‘म कम्युनिस्ट मात्र होइन, प्रधानमन्त्री पनि हो नि त। मसँग हुने सेक्युरिटीले सकेसम्म गेरु वस्त्र नलगाउन निकै बल गर्नुभयो। तर त्यहाँ लाउनै पर्ने नीति रहेछ। मैले त्यहाँ लाउँदा भारतका अर्बौं मान्छेको मन खुशी भएको छ।’

प्रधानमन्त्री प्रचण्डले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदनबारे कुरा उठाएनन्। भारतलाई नबिच्काउन उक्त कुरा नउठाइएको संकेत उनले राष्ट्रिय सभामा गरे। राष्ट्रिय सभामा भारत भ्रमणबारे सांसदले सोधेको प्रश्नको स्पष्टीकरण दिँदै उनले बन्न लागेको वातावरण नबिथोल्न नै उच्च तहमा कुरा नगरेको बताए। उनको स्पष्टोक्ति थियो,  ‘माहोल राम्रो भइराखेको थियो, यसले खत्र्याक्क होलाजस्तो भयो। लागेको कुरा सोझो पो भनेँ त मैले। तर, मैले अरू तहमा कुरा गर्दा विश्वासको राम्रो वातावरण बन्दा इपिजी त कुन ठूलो कुरा हो र भन्ने जवाफ पाएको थिएँ।’

र, कम्फरटेबल कुरा
२०७३ मा तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढाल्नुपर्ने समयमा भारत र चीनसँगको  ‘कम्फरटेबल सरकार’को विषय उठाए। जुन निकै विवादित भयो। खाशगरी भारतलाई लिएर प्रचण्डको उक्त अभिव्यक्ति राष्ट्रियता पक्षधरले उछाले।

त्यो बेला प्रचण्डले भनेका थिए, ‘नेपाली काँग्रेस, हामी र जनता समाजवादी पार्टी मिलेर जाँदा चेक एण्ड ब्यालेन्स पनि हुन्छ, देशको राजनीति सन्तुलनमा बस्छ। सवै छिमेकीहरुसँगको सम्बन्ध पनि राम्रो भएर जान्छ। भारतसँग पनि चीनसँग पनि राम्रो सन्तुलन हुन्छ। अझ भारतसँगको जो विशिष्ट सम्बन्ध छ। हाम्रो इतिहास, भूगोल, संस्कृति, धर्म परम्परा, अर्थतन्त्र, पानीढलो, खुला बोर्डर सवै कारणले भारतसँग राम्रो समझदारी नबनाइकन नेपालमा स्थायित्व, विकास हुँदैन। त्यसरी हेर्दा म के देख्छु– नेपाली कांग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका निम्ति पनि योभन्दा कन्फर्टेवल समीकरण हुँदैन। चीनको लागि पनि यो कन्फर्टेबल नै हुन्छ। यति राम्रो सम्भावना अहिले छ, यसमा जानुपर्‍यो भनेर मैले भनेको छु।’

प्रचण्डले अनौपचारिक रुपमा छिमेकीलाई जोडिरहेका हुन्छन्। अभिव्यक्ति सार्वजनिक भएपछि निरन्तर आलोचना भइरहन्छ। प्रधानमन्त्रीले आफ्नो पदीय मर्यादाका लागि परिपक्वता देखाउनुपर्ने भट्ट बताउँछन्।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेसको विद्रोही पक्षलाई गगनको जवाफ– कानेखुसी गरेको देखियो, आफैं भन्ने हिम्मत नभएपछि बीपी र गणेशमाको नामलाई सहारा बनाइयो ‘कोसँग कानेखुसी गर्नुपरेको छ, त्यसको लागि फेरि हिम्मत छैन आफैँ आएर भन्ने। त्यो हिम्मत नभएपछि कसलाई सम्झने भन्दा बीपीलाई सम्झने,’ थाप... आइतबार, साउन ३१, २०८३
सबै वामपन्थी शक्तिहरुका पहलहरु एकीकृत गर्न सके मात्र उपलब्धि हासिल हुन्छ : शक्ति बस्नेत आइतबार समाजवाद अध्ययन केन्द्र नेपालले आयोजना गरेको ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ राष्ट्रिय बहस कार्यक्रममा बोल्दै बस्नेतले राष्ट्... आइतबार, साउन ३१, २०८३
कांग्रेस विद्रोही पक्षको नेतृत्व शशांकले गर्ने सम्मेलनले पारित गरेको पाँचबुँदे प्रस्तावको पहिलो बुँदामै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ म... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
झापामा १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ आइतबार, साउन ३१, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी आइतबार, साउन ३१, २०८३
कांग्रेसको विद्रोही पक्षलाई गगनको जवाफ– कानेखुसी गरेको देखियो, आफैं भन्ने हिम्मत नभएपछि बीपी र गणेशमाको नामलाई सहारा बनाइयो आइतबार, साउन ३१, २०८३
जाजरकोटमा पहिरो : चार जनाको मृत्यु, सडक अवरुद्ध, बस्ती नै जोखिममा आइतबार, साउन ३१, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्