काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने माग राखेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक पुस्तक विमोचनमा आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली धाएको अभिव्यक्ति दिएका थिए।
सोही विषयलाई लिएर एमालेले बुधबार प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ। प्रतिनिधि सभाबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीविरुद्ध आक्रोश व्यक्त गर्दै राजीनामा दिन माग गरेका हुन्।
संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने, ‘राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो। हामीलाई जवाफ होइन, उहाँबाट राजीनामा चाहियो। उहाँबाट साह्रै भएन?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।