काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेपछि केही घन्टाका लागि रोकिएको राष्ट्रिय सभा बैठक सूचना टाँसेर स्थगित भएको छ।
२:३० बजे बजेटमाथि छलफल गर्न बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री भारतले बनाएको अभिव्यक्ति दिएको भन्दै संसद् अवरोध गरेको थियो।
अवरोधपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले ४:४६ सम्मका लागि स्थगित गरेका थिए। दलहरुकाबीचमा सदन चलाउने विषयमा सहमति हुन नसकेपछि बिहीबार १ बजे बस्नेगरी संसद् बैठक स्थगित भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।