काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दलहरुले विरोध जनाएका छन्।
बुधबार अपराह्न सुरु भएको प्रतिनिधि सभाको बैठकमा एमालेले प्रधानमन्त्रीको राजनीमा माग गर्दै विरोध जनाएको थियो। तर सभामुखले माओवादीका सांसदलाई विरोधका बाबजुद पनि बोल्ने समय प्रदान गरेसँगै राप्रपाका सांसदहरुले बेल घेराउ गरेका हुन्।
एमालेको विरोध र राप्रपाको बेल घेराउका भएपछि सभामुख देवराज घिमिरेले सभा आधा घण्टाका लागि स्थगित भएको घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।