काठमाडौं– बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्रीको एक अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध गर्ने तयारी गरेको छ।
गत सोमबार सरदार प्रितम सिंहबारे लेखिएको ‘रोड्स टु द भ्याली’ पुस्तक विमोचनमा प्रधानमन्त्री प्रचण्डले सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली जाने गरेको अभिव्यक्ति दिएका थिए।
सो विषयलाई लिएर एमालेले विरोध गर्दै संसद्समेत चल्न नदिने अडान अघि सारेको हो।
‘प्रधानमन्त्री ज्यूले संसद्माथि गरेको अपमान, जनादेश माथी गरेको अपमान, यो देशको सार्वभौम सत्ता, स्वाभिमानमाथी गरेको आक्रमणको बारेमा संसद्मा यी विषय जोडदार किसिमले राख्ने, र हाम्रो भूमिका निर्वाह गर्ने छौं,’ संसदीय दलको निर्णय सार्वजनिक गर्दै सचेतक महेश बर्तौलाले भने, ‘यो सामान्य विषय नभएकोले संसद् अवरुद्ध हुनसक्छ। एमालेको तर्फबाट कडा ढंगले हामी प्रस्तुत हुन्छौं।’
प्रतिनिधि सभाको बैठक आजै ३ बजे बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।