काठमाडौं– देशको विभिन्न ठाउँमा पछिल्लो समय भएका जतीय छुवाछुत तथा विभेदका घटनाविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले खबरदारी कार्यक्रम गर्ने भएको छ।
जसपाले बुधबार दिउँसो काठमाडौंको माइतीघरमा खबरदारी कार्यक्रम गर्ने जनाइएको छ।
पछिल्लो समय जुम्लामा कथित उपल्लो जातकी युवतीसँग विवाह गरेको भन्दै दलित युवकको घर जलाइएको घटना सार्वजनिक भएको थियो। जुम्लाको तातोपानी गाउँपालिका–४ गिडीखोलामा दलितको घरमा आगो लगाइएको थियो।
यस्तै, दाङमा कथित तल्लो जात (दलित) भन्दै १ घरधनीले आफ्नो घरमा डेरामा बस्दै आएका युवकलाई निकालिदिएको घटना सार्वजनिक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।