काठमाडौं– चर्चित नेपाली गायक, संगीतकार तथा अभिनेता रविन तामाङको निधन भएको छ।
उनका परिवारका सदस्यका अनुसार उनको निधन मंगलबार बेलुका भएको छ। गायक रविनको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।
मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा रविनको निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ।
उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो। नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।