काठमाडौं– काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई सरकारले सचिवमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बढुवा गरेको हो।
हाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहेका उपाध्यायलाई सरकारले विशिष्ट श्रेणीमा बढुवा गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
उपाध्यायसँग महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लक्ष्मी बस्नेत र चीनको छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेश घिमिरे बढुवाका प्रत्याशी थिए।
लोकसेवा आयोगको बढुवा सिफारिस समितिले तीन जनाको नाम पठाएकोमा मन्त्रिपरिषद्ले पहिलो नम्बरमा सिफारिस भएका उपाध्यायलाई बढुवा गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।