काठमाडौं- सभामुख देवराज घिमिरेले बोलाएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरु पुगेका छन्। नेताहरु पुगेपछि बैठक सुरु भएको छ।
सभामुख घिमिरेले संसदीय समितिको सभापति चयन र संसद्लाई प्रभावकारी रुपमा सञ्चालनका लागि संसद्मा प्रतिनिधित्व गर्ने दलहरुका नेताहरुलाई मंगलबार छलफलमा बोलाएका थिए। सभामुखले बोलाएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि पुगेका छन्।
बैठकमा भाग लिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कानुन मन्त्री धनराज गुरुङ पनि पुगेका छन्। अन्य दलका नेताहरु आउने क्रम जारी रहेकाे छ।
बैठकमा सभामुखले सभापति चयन र संसद्को प्रभावकारिताबारे दलहरुसँग धारणा माग्ने कार्यसूची रहेको छ। मंसिरमा भएको निर्वाचनबाट गठन भएको प्रतिनिधि सभामा हालसम्म संसदीय समितिको सभापति चयन हुन सकेको छैन।
सभापति नहुँदा समितिहरु प्रभावकारी रुपमा सञ्चालन हुन सकेका छैनन्। सत्ता पक्ष मात्र नभई प्रतिपक्षले पनि सभापति चयनलाई महत्व नदिएपछि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले लेखा समितिको सभापति पाउने निश्चित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।