काठमाडौं– कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिभित्र सिँचाइ र जलश्रोत मन्त्रालयको विषय आउनुपर्ने माग गर्दै समिति सदस्यहरुले सभामुख देवराज घिमिरेले ध्यानाकर्षण गराएका छन्।
सोमबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा भेट गरी समिति सदस्यहरुले समितिभित्र सिँचाइ र जलश्रोत मन्त्रालय आउनुपर्ने माग गरेका हुन्।
उनीहरुले वर्तमान नियमावलीमा समितिको अधिकार क्षेत्रमा सिँचाइ र जलश्रोत मन्त्रालय नपरेकाले नियमावली नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको भन्दै सभामुख घिमिरेको ध्यानाकर्षण गराएको समितिका ज्येष्ठ सदस्य अम्मरबहादुर थापाले बताए।
उनले सभामुखसँगको भेटपछि सभामुख घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताएको जानकारी दिए। उनले कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा उर्जा र सिँचाईका विषय समेटिनु जरुरी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।