काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरुले भन्ने गरेको समाजवादको उच्चतम परिभाषा सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया रहेको बताएका छन्।
सोमबार काठमाडौंमा पार्टीले गरेको राप्रपा नेपालको हिन्दूराष्ट्रः अवधारणा र औचित्य अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरुले अहिले भन्ने गरेको समाजवाद वैदिक कालमा नै व्याख्या गरिसकिएको बताएका छन्।
उनले सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया भन्दा समाजवादको उच्चतम र उत्कृष्ट परिभाषा अरु हुनै नसक्ने दाबी गरे। सबै सुखी हुन्, सबै समान हुन्, कोही पनि दुःखी र रोगी नहुन् भन्नेकुरा वैदिक कालमा नै शास्त्रले व्याख्या गरिसकेकाले अहिलेका राजनीतिक दलहरु र संविधानमा लेखिरहनुको अर्थ नरहेको उनले जिकिर गरे।
उनले प्रजातान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि पनि नेपाल हिन्दूराष्ट्र हुनुपर्ने बताए। हिन्दू राष्ट्रका कुरा गर्दा अहिलेका आधुनिक कुरालाई वहिष्कृत गर्ने नभइ त्यसलाई पनि संरक्षण गरेर आर्थिक समृद्धिको दिशामा जान सकिने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।