काठमाडौं– सोमबार बसेको सत्ता गठबन्धनका दलहरुले रिक्त रहेको संसदीय समितिका सभापति नियुक्त गर्ने विषयमा छलफल नै नगरी उठेका छन्।
समिति सभापतिहरु नियुक्त गर्ने सन्दर्भमा छलफल हुने भनिए पनि उक्त विषयले प्रवेश नै नपाएको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बताएका छन्।
‘संसदीय समितिका सभापतिका विषयमा छलफल भएन। मलाई लाग्छ त्यो केहि दिन भित्रैमा टुंगिन्छ,’ संचारकर्मीसँग पाण्डेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।