• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सत्तापक्षकै बेवास्ताका कारण चयन हुन सकेनन् संसदीय समितिका सभापति 

64x64
नेपाल लाइभ सोमबार, असार १८, २०८०  १९:५३
1140x725

काठमाडौं- गत जेठ १५ गते सभामुख देवराज घिमिरेले एक हप्ताभित्र संसदीय समितिका सभापतिहरु चयन गर्न प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आग्रह गरेका थिए। कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले संसदीय समितिको नेतृत्व चयन नहुँदा कामले गति लिन नसकेको भन्दै सभापति चयन गर्न आग्रह गरे।

सभामुख घिमिरेले सभापति चयनका लागि औपचारिक रुपमा आग्रह गरेको एक महिनाभन्दा बढी समय बितेको छ। निर्वाचन भएको ७ महिना भन्‍दा बढी समय घर्किएको छ। तर, अझै ‘मिनी संसद’का रुपमा चिनिने संसदीय समितिले गति लिन सकेका छैनन्।

हाल ज्येष्ठ सदस्यको नेतृत्वमा काम चलाइरहेका ती विषयगत समितिहरु न नियमित छन्, न प्रभावकारी देखिएका छन्। सभापति चयनमा सत्ता पक्षले नै बेवास्ता गरेका कारण संसदीय समितिहरु निष्प्रभावी भएका हुन्।

शीर्षमा सहमति, सत्ता साझेदार दलमै अन्योल
संघीय संसद्का विषयगत समितिका साथै त्यसका सभापतिका लागि वैशाख ११ गते शीर्ष तीन नेता (प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली)बीच सहमति भएको थियो।

संवैधानिक परिषद् र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अघि बढाउनुपर्ने भएका कारण सत्तापक्ष उक्त विषयमासमेत सहमतिमा पुगेको थियो। सत्तापक्ष र प्रतिपक्षको सभापतिमासमेत लेनदेन त्यही बेला टुंगिएको बैठकपछि नेताहरुले बताएका थिए।

पार्टीका प्रमुख सचेतकहरुसहित बसेको बैठकले तीन समितिको सभापति प्रतिपक्ष दल नेकपा एमालेलाई दिने निर्णय गरेको उक्त पार्टीका प्रमुख सचेतक पदम गिरीले बताएका थिए। जसअनुसार एमालेले लेखा समिति र राज्यको निर्देशक समितिको सभापति अर्को कुनै एकको सभापति पाउने बताइएको थियो।

सत्ता साझेदार दलहरुबीच भने अझै सभापतिको भागबण्डाका विषयमा संवादसमेत भइसकेको छैन। माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे यस विषयमा छलफल हुन नै नसकेको बताउँछन्। उनले भने, ‘बजेटदेखि अन्य विषयमा व्यस्त हुँदा छलफलमा ढिलाई भएको हो। त्यस्तो खाश असहमति कसैको छैन। चाँडै गठन प्रक्रिया अघि बढ्छ।’

सभामुखमाथि एमालेकै दबाब
समिति सभापति चयनमा सत्तापक्षले बेवास्ता गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दबाब बढाएको छ। सभामुखको अधिकार क्षेत्रभित्र पर्ने भएकाले उनको सक्रिय पहलको अपेक्षा आफूहरुले गरेको एमाले संसदीय दलका सचेतक महेश बर्तौला बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, ‘सभामुखले सक्रियता लिएर यसलाई टुंगोमा पुर्‍याउनुपर्छ। सहमतिअनुसार सभापति चयनका लागि सत्तापक्ष सक्रिय भएन भने उहाँले प्रक्रियाअनुसार पनि टुंग्याउनुपर्छ।’

प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६ मा सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र त्यसको सूचना सचिवले ४८ घण्डाअगावै प्रकाशन गर्ने भनिएको छ। सभामुखले निर्देशन दिएपछि सचिवले निर्वाचनको सूचना प्रकाशित गर्ने व्यवस्था गरिएको छ।

आफूहरुले प्रक्रियाअनुसार सभामुखलाई अघि बढ्न भनेको समयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेसमेत त्यहिँ रहेको बर्तौलाले बताए। केही दिनमै टुंगो लगाउने सत्ता पक्षबाट कुरा आएपछि अझै सक्रियता नदेखिएको उनको भनाइ छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरी सोमबारसम्म समिति सभापति चयन गरिने विषयमा कुनै जानकारी आफूहरुले नपाएको बताउँछन्। 

सभापति नहुँदा असर
सभामुख घिमिरे नै संसदीय समिति सभापतिको चयन नहुँदा काममा बाधा सिर्जना भएको बताउन थालेका छन्। केही समयअघि संसदीय मामिला हेर्ने पत्रकारसँगको छलफलमासमेत उनले आफूले पटक-पटक आग्रह गर्दा पनि सभापति चयन गर्ने कुरामा नेताहरु गम्भीर नबनेको बताएका थिए।

Xtrem

Xtrem

हाल ज्येष्ठ सदस्यको नेतृत्वमा समिति बैठक बसे पनि स्थायी समाधान नभएकाले नियमित काममा बाधा परेको उनको भनाइ छ। उनले भने, ‘समितिले गर्नुपर्ने विधेयकहरूको छलफल चाँडो लैजाने विषयमा संसद्लाई घाटा भइरहेको छ। यो घाटा पूर्ति गर्नका लागि छिटो गठन गर्नुपर्ने हो।’

समितिबाट प्रभावकारी काम हुन नसकेको आफूलाई महशुस भएर ‘रमिते’ हुनुपरेको उनको टिप्पणी हुन्छ। समिति सभापति चयन हुँदा आफ्नो समितिलाई गतिशील बनाउन विभिन्न योजना निर्माणका साथै कार्यान्वयनमा पहल हुने गर्छन्। तर,  अहिले अत्यावश्यकबाहेकका कामहरु हुन नसकेको संसद् सचिवालयका एक कर्मचारी बताउँछन्। 

उनले भने, ‘विषयगत समितिले सार्वजनिक रुपमा उठिरहेका विषयमा चासो लिएर छलफल चलाउने, अनुगमन गर्ने र निर्देशन दिने काम नियमित गर्नुपर्छ। त्यसका लागि समिति सभापतिको सक्रियता जरुरी हुन्छ। तर, अहिले सभापति चयन नभएकाले ती काम भइरहेका छैनन्।’

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै संस्थापन पक्षले केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट तीव्र बनाइरहेका बेला देउवा पक्षले बिहीबारदेखि आफ्नै महाधिवेशन प्रक्रिया सु... बुधबार, असोज १४, २०८३
विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रतिनिधिसभाका प्राविधिक पृष्ठभूमि... बुधबार, असोज १४, २०८३
चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद नीनु कुमारी कर्णले सुरक्षा चुनौती देखाउँदै जबरालाई नियन्त्रणमा लिएको घटनाले कानुनी... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्