काठमाडौं- निर्वाचन आयोगले मस्यौदा गरेको ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा निर्वाचन भएकै दिनबाट पदाधिकारीको कार्यकाल गणना हुने उल्लेख गरेको छ।
सोमबार बसेको निर्वाचन आयोगको बैठकले गरेको निर्णयमा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्यको पदावधि गणना गर्दा निर्वाचन भएको दिनबाट गणना गरिने उल्लेख छ। यसअघि कार्यकालका सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था नहुँदा फरकफरक तर्क हुने गरेको थियो।
'प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी दाखिला गर्ने दिनदेखि त्यस्तो सभाको कार्यकाल स्वतः समाप्त भएको मानिने', विधेयकमा रहेका मुख्य व्यवस्थाबारे जानकारी दिन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
त्यस्तै, स्थानीय तहको सदस्यको निर्वाचनमा उम्मेदवारी दाखिला गर्ने सदस्यको पदावधि निजले उम्मेदवारी दाखिल गरेको दिनदेखि स्वतः समाप्त भएको मानिने आयोगको निर्णय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।