काठमाडौं- निर्वाचन आयोगले समानुपातिकमा दुई पटकभन्दा बढी उम्मेदवार बन्न नपाउने व्यवस्था गर्न लागेको छ। समानुपातिकका लागि पठाइने बन्दसूचीमा दुई पटकभन्दा बढी राख्न नपाइने कानुनका लागि आयोगले प्रस्ताव गरेको हो।
‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा भनिएको छ, 'प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक निर्वाचित भइसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने।'
यसैगरी एउटा तह वा पदमा हारेको व्यक्तिले अर्को तह र पदमा कम्तीमा पाँच वर्ष चुनाव लड्न नपाउने व्यवस्था पनि अघि सारिएको छ।
त्यस्तो व्यवस्थाका लागि प्रावधान राखिएको छ, 'संघीय संसद्, प्रदेश सभा वा स्थानीय तहको सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहको उपनिर्वाचन बाहेक त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।