• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
राहदानी विभागको विद्रुप रुप :

पासपोर्टको डेट लिन 'दले'लाई १३ हजार, ‘सामान्य’ गल्तीमा युवतीलाई पठाइयो हिरासत, चलाइयो मुद्दा

१३ हजार लिएर कीर्ते फारम दिने ‘दले’ भने फरार
64x64
नारायण अधिकारी सोमबार, असार १८, २०८०  १६:३३
1140x725

काठमाडौं– पासपोर्ट बनाउने क्रममा बिचौलिया (दले)का कारण ‘सामान्य’ गल्ती हुन पुगेपछि एक महिलाविरुद्ध पासपोर्ट विभागले अनावश्यक ‘एक्सन’ लिएर प्रहरी हिरासतमा राख्नेदेखि मुद्दा चलाउनेसम्म गरेको पाइएको छ।

पासपोर्टको आवेदन फारमको ‘डेट’मा कीर्ते गरी १६ दिन अगाडि सारेको भन्दै ती महिलालाई २५ दिनसम्म प्रहरी हिरासतमा थुनेर पासपोर्ट विभागले मुद्दा चलाइएको पाइएको हो। जबकि उनलाई भने उक्त आवदेन फारम नै कीर्ते छ/छैन भन्नेसम्म थाहा नभएको खुलेको छ।

पासपोर्टका लागि अनलाइन फारम नि:शुल्क भर्न सकिन्छ। तर, ती महिलाले भने दलेलाई १३ हजार रुपैयाँ बुझाएकी थिइन्। यसरी शुल्क तिरेर भरेको फारम कीर्ते हुनसक्ला भन्ने आकलनसमेत नगरेकी ती महिलालाई भने पासपोर्ट विभागले प्रहरीको जिम्मा लगाएर २५ दिनसम्म हिरासतमा राखेर मुद्दा चलाइएको खुलेको हो।

फारम भर्ने दलेको गल्तीका कारण २५ दिनसम्म हिरासत बसेर मुद्दासमेत खेप्ने महिला हुन्, रुबी केसी। अभियोगपत्र उल्लेख विवरण अनुसार, बागलुङको बडिगाड गाउँपालिका–६ घर भएकी ३८ वर्षीया केसी वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने उद्देश्यले पासपोर्ट बनाउन भन्दै काठमाडौं आएकी थिइन्।

उनका श्रीमान् विगत ६ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा कतारमा छन्। उनकी बहिनी प्रिया वैदेशिक रोजगारीमै पोर्चुगलमा छिन्। बहिनीकै सल्लाह अनुसार उनी पनि रोजगारीका लागि विदेश जाने भन्दै पासपोर्ट सच्याउन बाग्लुङबाट काठमाडौं आइन्।

आफ्नो पासपोर्टमा मिति बिग्रिएका कारण सच्याउन भन्दै काठमाडौं आएकी रुबीले थाहा पाइन्– पासपोर्ट सच्याउन लामो समय लाग्ने रहेछ, त्यसका लागि ‘डेट’ पाउन मुस्किल रहेछ। त्यसपछि उनले आफूसँग सामान्य चिनजान भएका लोके नाम गरेका व्यक्तिसँग समस्या पोखिन्। लोकेले ‘छिटोछरितो माध्यमबाट पासपोर्ट सच्याउने भए मैले केही मान्छे चिनेको छु भन्दै’ दामोदर पाण्डे भन्ने व्यक्तिको ९८४७८२९... नम्बर  रुबीलाई दिए।

त्यसपछि रुबी बहिनी नाताकी भूमिकालाई लिएर दामोदरलाई भेट्न भन्दै नयाँ बसपार्कस्थित बिजी मल अगाडि पुगिन्। दामोदरसँगै अर्का हिरा तामाङ भन्ने व्यक्ति र एक महिला पनि थिए। उनीहरुले चाँडै पासपोर्टको ‘डेट’ चाहिने भए आवेदन फारम शुल्क १३ हजार लाग्ने बताए। रुबीले नगदै उनीहरुलाई १३ हजार रुपैयाँ बुझाइन्।

त्यसपछि दामोदर पाण्डेको ‘ह्वाट्स एप’मा आवेदन फारम भर्न चाहिने नागरिकताको फोटो, राष्ट्रिय परिचयपत्रको फोटो र पुरानो पासपोर्टको फोटो रुबीले पठाइन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि दामोदरले रुबीलाई त्रिपुरेश्वरस्थित पासपोर्ट विभागमा लगेर रुबी केसी नामको २०२३–०६–०७ मिति उल्लेख भएको ई–पासपोर्ट आवेदन फारम दिए। उक्त आवेदन फारम लिएर रुबी माथि उल्लेखित मिति २०२३–०६–०७ मा पासपोर्ट बनाउन विभाग पुगिन्। पर्सिपल्ट पासपोर्ट लिन भन्दै उनी विभाग पुगिन्। पासपोर्ट लिने बेला बल्ल विभागका कर्मचारीले भने, ‘तपाईंले आवेदन फारम कीर्ते गरी पेश गर्नु भएको रहेछ, तपाईंको वास्तविक इनरोलमेन्ट डेट २०२३–०६–२३ हो। तपाईंमाथि अनुसन्धान गर्नुपर्छ।’

कर्मचारीको यो भनाइले उनी छाँगाबाट खसेजस्तो भइन्। आवेदन फारम कीर्तेबारे केही जानकारी नै नपाएकी रुबीलाई पासपोर्ट दिनुको साटो विभागका कर्मचारीले प्रहरीको जिम्मा लगाए। पासपोर्ट हुनुपर्ने रुबीको हातमा हत्कडी लाग्यो। हत्कडी लगाएर उनलाई प्रहरी वृत्त कालिमाटी पुर्‍याइयो।

आवेदन फारम भर्नेको नाम, फारम भर्नका लागि ह्वाट्स एपमा आफूले पठाएको डकुमेन्ट देखाउँदै १३ हजार रुपैयाँसमेत बुझाएको रुबीले बताइन्। तर न उनको कुरा राहदानी विभागले सुन्यो, न प्रहरीले नै। उनलाई २५ दिनसम्म प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखेर कीर्तेमा अुनसन्धान गरियो।

यति ‘सामान्य’ गल्तीसमेत अर्कैबाट भएको देखिन्छ। तर पनि २५ दिनसम्म हिरासतमा राखेर मुद्दा चलाउनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ प्रहरी वृत्त कालिमाटीसँग पनि छैन। ‘यसबारे हामीलाई नै जानकारी भएर पक्राउ गरिएको होइन। विभागले पठाएपछि मात्रै हामीले प्रक्रिया अघि बढाएका हौं’, वृत्त कालिमाटीका डीएसपी नरहरि अधिकारीले भने।

Xtrem

Xtrem

यो आवेदन कीर्ते कसरी भयो भन्नेतर्फ प्रहरीले यथार्थ पत्ता लगाउने तदारुकता देखाउन चाहेन। रुबीले नाम लिएका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्दा यसको यथार्थ बाहिर आउने थियो। तर रुबी पक्राउ परिसकेपछि बाँकीको हकमा प्रहरीले भने टाउको दुखाएन। बाँकीलाई फरार प्रतिवादी बनाएर प्रहरीले प्रतिवेदन पेस गर्‍यो।

प्रहरीकै प्रतिवेदनअनुसार पक्राउ परेकी रुबीसँगै दामोदर पाण्डे, हिराबहादुर पुन र जीतबहादुर विक गरी तीन जनालाई फरार प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। उक्त सामान्य कसुरमा सरकारी वकिल कार्यालयले पनि बाँकी प्रतिवादी पक्राउ परेपछि मुद्दा दर्ता गर्ने गरी राख्नसक्ने अवस्था हुँदाहुँदै मुद्दा दर्ता गर्‍यो।

यस मुद्दामा न्यायाधीश दीपक ढकालको इजलासमा प्रतिवादीको बयान भएको छ। अब थुनछेक बहसपछि आदेश आउने छ। रुबीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा (३) को (ग) अन्तर्गत कसुर गरेकाले कारबाहीको माग गरिएको छ। जसअनुसार उनलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना मागदाबी गरिएको छ।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पासपोर्ट समस्या हल भइसकेको र महिनौंसम्म कुर्नपर्ने अवस्था हटाइसकेको बताउने गरेका छन्। केही दिनअघि सार्वजनिक सरकारको ६ महिने उपलब्धि सूचीमा पनि राहदानी (पासपोर्ट) लगायतका सेवालाई सरल, कम खर्चिलो र झन्झटमुक्त बनाइ घण्टौं लाइन लाग्नुपर्ने कष्टपूर्ण अवस्थाको अन्त्य भएको उल्लेख छ। तर सरकारी दाबीलाई खण्डन गर्ने गरी रुबीको घटनाले राहदानी विभागको विद्रुप रुप बाहिर ल्याएको छ। छिटो पासपोर्ट बनाउन सर्वसाधारणले १३ हजार रुपैयाँसम्म बुझाउनुपर्ने र त्यसमाथि पासपोर्ट पाउनुको साटो कीर्ते मुद्दा खेप्नुपर्ने अवस्था रहेको देखिएको छ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्