• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस २४, २०८२ Thu, Jan 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
राहदानी विभागको विद्रुप रुप :

पासपोर्टको डेट लिन 'दले'लाई १३ हजार, ‘सामान्य’ गल्तीमा युवतीलाई पठाइयो हिरासत, चलाइयो मुद्दा

१३ हजार लिएर कीर्ते फारम दिने ‘दले’ भने फरार
64x64
नारायण अधिकारी सोमबार, असार १८, २०८०  १६:३३
1140x725

काठमाडौं– पासपोर्ट बनाउने क्रममा बिचौलिया (दले)का कारण ‘सामान्य’ गल्ती हुन पुगेपछि एक महिलाविरुद्ध पासपोर्ट विभागले अनावश्यक ‘एक्सन’ लिएर प्रहरी हिरासतमा राख्नेदेखि मुद्दा चलाउनेसम्म गरेको पाइएको छ।

पासपोर्टको आवेदन फारमको ‘डेट’मा कीर्ते गरी १६ दिन अगाडि सारेको भन्दै ती महिलालाई २५ दिनसम्म प्रहरी हिरासतमा थुनेर पासपोर्ट विभागले मुद्दा चलाइएको पाइएको हो। जबकि उनलाई भने उक्त आवदेन फारम नै कीर्ते छ/छैन भन्नेसम्म थाहा नभएको खुलेको छ।

पासपोर्टका लागि अनलाइन फारम नि:शुल्क भर्न सकिन्छ। तर, ती महिलाले भने दलेलाई १३ हजार रुपैयाँ बुझाएकी थिइन्। यसरी शुल्क तिरेर भरेको फारम कीर्ते हुनसक्ला भन्ने आकलनसमेत नगरेकी ती महिलालाई भने पासपोर्ट विभागले प्रहरीको जिम्मा लगाएर २५ दिनसम्म हिरासतमा राखेर मुद्दा चलाइएको खुलेको हो।

फारम भर्ने दलेको गल्तीका कारण २५ दिनसम्म हिरासत बसेर मुद्दासमेत खेप्ने महिला हुन्, रुबी केसी। अभियोगपत्र उल्लेख विवरण अनुसार, बागलुङको बडिगाड गाउँपालिका–६ घर भएकी ३८ वर्षीया केसी वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने उद्देश्यले पासपोर्ट बनाउन भन्दै काठमाडौं आएकी थिइन्।

उनका श्रीमान् विगत ६ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा कतारमा छन्। उनकी बहिनी प्रिया वैदेशिक रोजगारीमै पोर्चुगलमा छिन्। बहिनीकै सल्लाह अनुसार उनी पनि रोजगारीका लागि विदेश जाने भन्दै पासपोर्ट सच्याउन बाग्लुङबाट काठमाडौं आइन्।

आफ्नो पासपोर्टमा मिति बिग्रिएका कारण सच्याउन भन्दै काठमाडौं आएकी रुबीले थाहा पाइन्– पासपोर्ट सच्याउन लामो समय लाग्ने रहेछ, त्यसका लागि ‘डेट’ पाउन मुस्किल रहेछ। त्यसपछि उनले आफूसँग सामान्य चिनजान भएका लोके नाम गरेका व्यक्तिसँग समस्या पोखिन्। लोकेले ‘छिटोछरितो माध्यमबाट पासपोर्ट सच्याउने भए मैले केही मान्छे चिनेको छु भन्दै’ दामोदर पाण्डे भन्ने व्यक्तिको ९८४७८२९... नम्बर  रुबीलाई दिए।

त्यसपछि रुबी बहिनी नाताकी भूमिकालाई लिएर दामोदरलाई भेट्न भन्दै नयाँ बसपार्कस्थित बिजी मल अगाडि पुगिन्। दामोदरसँगै अर्का हिरा तामाङ भन्ने व्यक्ति र एक महिला पनि थिए। उनीहरुले चाँडै पासपोर्टको ‘डेट’ चाहिने भए आवेदन फारम शुल्क १३ हजार लाग्ने बताए। रुबीले नगदै उनीहरुलाई १३ हजार रुपैयाँ बुझाइन्।

त्यसपछि दामोदर पाण्डेको ‘ह्वाट्स एप’मा आवेदन फारम भर्न चाहिने नागरिकताको फोटो, राष्ट्रिय परिचयपत्रको फोटो र पुरानो पासपोर्टको फोटो रुबीले पठाइन्।

Ncell 2
Ncell 2

त्यसपछि दामोदरले रुबीलाई त्रिपुरेश्वरस्थित पासपोर्ट विभागमा लगेर रुबी केसी नामको २०२३–०६–०७ मिति उल्लेख भएको ई–पासपोर्ट आवेदन फारम दिए। उक्त आवेदन फारम लिएर रुबी माथि उल्लेखित मिति २०२३–०६–०७ मा पासपोर्ट बनाउन विभाग पुगिन्। पर्सिपल्ट पासपोर्ट लिन भन्दै उनी विभाग पुगिन्। पासपोर्ट लिने बेला बल्ल विभागका कर्मचारीले भने, ‘तपाईंले आवेदन फारम कीर्ते गरी पेश गर्नु भएको रहेछ, तपाईंको वास्तविक इनरोलमेन्ट डेट २०२३–०६–२३ हो। तपाईंमाथि अनुसन्धान गर्नुपर्छ।’

कर्मचारीको यो भनाइले उनी छाँगाबाट खसेजस्तो भइन्। आवेदन फारम कीर्तेबारे केही जानकारी नै नपाएकी रुबीलाई पासपोर्ट दिनुको साटो विभागका कर्मचारीले प्रहरीको जिम्मा लगाए। पासपोर्ट हुनुपर्ने रुबीको हातमा हत्कडी लाग्यो। हत्कडी लगाएर उनलाई प्रहरी वृत्त कालिमाटी पुर्‍याइयो।

आवेदन फारम भर्नेको नाम, फारम भर्नका लागि ह्वाट्स एपमा आफूले पठाएको डकुमेन्ट देखाउँदै १३ हजार रुपैयाँसमेत बुझाएको रुबीले बताइन्। तर न उनको कुरा राहदानी विभागले सुन्यो, न प्रहरीले नै। उनलाई २५ दिनसम्म प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखेर कीर्तेमा अुनसन्धान गरियो।

यति ‘सामान्य’ गल्तीसमेत अर्कैबाट भएको देखिन्छ। तर पनि २५ दिनसम्म हिरासतमा राखेर मुद्दा चलाउनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ प्रहरी वृत्त कालिमाटीसँग पनि छैन। ‘यसबारे हामीलाई नै जानकारी भएर पक्राउ गरिएको होइन। विभागले पठाएपछि मात्रै हामीले प्रक्रिया अघि बढाएका हौं’, वृत्त कालिमाटीका डीएसपी नरहरि अधिकारीले भने।

यो आवेदन कीर्ते कसरी भयो भन्नेतर्फ प्रहरीले यथार्थ पत्ता लगाउने तदारुकता देखाउन चाहेन। रुबीले नाम लिएका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्दा यसको यथार्थ बाहिर आउने थियो। तर रुबी पक्राउ परिसकेपछि बाँकीको हकमा प्रहरीले भने टाउको दुखाएन। बाँकीलाई फरार प्रतिवादी बनाएर प्रहरीले प्रतिवेदन पेस गर्‍यो।

प्रहरीकै प्रतिवेदनअनुसार पक्राउ परेकी रुबीसँगै दामोदर पाण्डे, हिराबहादुर पुन र जीतबहादुर विक गरी तीन जनालाई फरार प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। उक्त सामान्य कसुरमा सरकारी वकिल कार्यालयले पनि बाँकी प्रतिवादी पक्राउ परेपछि मुद्दा दर्ता गर्ने गरी राख्नसक्ने अवस्था हुँदाहुँदै मुद्दा दर्ता गर्‍यो।

यस मुद्दामा न्यायाधीश दीपक ढकालको इजलासमा प्रतिवादीको बयान भएको छ। अब थुनछेक बहसपछि आदेश आउने छ। रुबीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा (३) को (ग) अन्तर्गत कसुर गरेकाले कारबाहीको माग गरिएको छ। जसअनुसार उनलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना मागदाबी गरिएको छ।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पासपोर्ट समस्या हल भइसकेको र महिनौंसम्म कुर्नपर्ने अवस्था हटाइसकेको बताउने गरेका छन्। केही दिनअघि सार्वजनिक सरकारको ६ महिने उपलब्धि सूचीमा पनि राहदानी (पासपोर्ट) लगायतका सेवालाई सरल, कम खर्चिलो र झन्झटमुक्त बनाइ घण्टौं लाइन लाग्नुपर्ने कष्टपूर्ण अवस्थाको अन्त्य भएको उल्लेख छ। तर सरकारी दाबीलाई खण्डन गर्ने गरी रुबीको घटनाले राहदानी विभागको विद्रुप रुप बाहिर ल्याएको छ। छिटो पासपोर्ट बनाउन सर्वसाधारणले १३ हजार रुपैयाँसम्म बुझाउनुपर्ने र त्यसमाथि पासपोर्ट पाउनुको साटो कीर्ते मुद्दा खेप्नुपर्ने अवस्था रहेको देखिएको छ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
राष्ट्रियसभा निर्वाचन : कोशीबाट सुनिल थापा निर्विरोध बुधबार, पुस २३, २०८२
कांग्रेसको विशेष महाधिवेशन आह्वान बुधबार, पुस २३, २०८२
चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल बुधबार, पुस २३, २०८२
सुनसरी-१ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा बुधबार, पुस २३, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्