काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी राष्ट्रिय सभा सांसद भगवती न्यौपानेले सरकारले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’का लागि पर्याप्त बजेटको व्यवस्था नगरेको गुनासो गरेकी छन्।
सोमबारको राष्ट्रिय सभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले उक्त गुनासो गरेकी हुन्।
सांसद न्यौपानेले महिलाहरुलाई आत्मनिर्भर बनाउने कुरामा पनि बजेटले ध्यान दिन नसकेको दाबी गरिन्। उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको चालू आर्थिक वर्षको पुँजीगत खर्च १० प्रतिशतभन्दा बढी हुन नसकेकोमा आपत्ति जनाउँदै यसबारे सदनलाई जानकारी गराउन पनि सरकारसँग माग गरिन्।
सांसद न्यौपानेले सरकारकै कारण संघीयतामाथि वितृष्णा बढाउने काम भइरहेको आरोपसमेत लगाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।