विराटनगर- मोरङ र सुनसरीमा सोमबार साँझ आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको छ।
मोरङको सुन्दरहरैंचा–९ पीपलचौर बस्ने रुद्र कार्कीको ग्वालीमा आगलागी हुँदा सम्पूर्ण सामान जली रु एक लाख ५० हजार बराबरको क्षति भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
त्यस्तै सुनसरीको इनरुवा–७ बस्ने हेमराज ढुंगानाको गाईगोठमा विद्युत् चुहावट भई आगलागी हुँदा रु एक लाख ५० हजार बराबरको क्षति भएको छ। आगलागी स्थानीय प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।