काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय शिक्षा ऐन मन्त्रिपरिषद्को समितिमा छलफलको क्रममा रहेको र छिट्टै संसद्मा दर्ता गर्ने दाबी गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भए लगत्तै उक्त विधेयकलाई प्राथमिकता दिएर संसदमा दर्ता गरिने बताए।
‘संघीय शिक्षा ऐन, मन्त्रिपरिषद्मा छलफल गरी मन्त्रिपरिषद्कै समितिमा पठाइसकिएको छ। केही दिनभित्र नै संसद्मा प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘विश्वविद्यालय ऐनको पनि आवश्यकता रहेकाले त्यसको तयारीमा लाग्नुपर्ने छ।’
संघीय शिक्षा ऐन नहुँदा शिक्षा क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहहरुका बीचमा विवाद हुँदै आएको छ। प्रधानमन्त्री प्रचण्डले गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजलाई विश्वविद्यालय बनाउने काम अघि बढाउने प्रतिवद्धतासमेत व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।