प्रचण्ड (फाइल तस्बिर)
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइराला आफ्नो प्रेरणाको स्रोत रहेको बताएका छन्।
जीपी कोइराला मेमोरियल सामुदायिक कलेजको १२औं वार्षिकोत्सव तथा गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
‘पहिलो भेटदेखि अन्तिम भेटसम्म गिरिजामा कुनै दुविधा, आशंका देखिनँ। बरु मैले गल्ती गरेँ, उहाँले गल्ती विल्कुल गर्नु भएन। उहाँसँग गरेका कतिपय प्रतिबद्धता पुरा गर्न सकिनँ। उहाँको चाहना विपरीत निर्णय गर्दा पनि उहाँले विश्वास गर्न छोड्नु भएन,’ प्रचण्डले भने, ‘त्यसकारण गिरिजाप्रसाद कोइराला मेरो जीवन भरिको प्रेरणाको स्रोत हुनुहुन्छ।’
प्रधानमन्त्री प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा पश्चाताप रहेको पनि दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।