काठमाडौं- कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान भएको छ। आइतबार प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार अपराह्न ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका हुन्।
उनले संविधानको धारा १६८ (२) अनुसार दाबी पेस गर्न आह्वान गरेको प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यो धारा अनुसार दाबी पेस गर्दा दुई वा दुईभन्दा बढी दलको समर्थन प्रस्तुत गर्नुपर्ने हुन्छ।
निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की असार १५ गते विश्वासको मत प्राप्त गर्न नसकी पदमुक्त भएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।