काठमाडौं– ललिता निवासको जग्गामा बनेका व्यक्तिगत संरचना तत्काल खाली गर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ।
आइतबार तारबार गर्न पुगेको महानगरको टोली सूचना टाँसेर खाली गर्न निर्देशन दिँदै फर्केको हो। मेयर बालेन शाहको निर्देशनमा नगर प्रहरी उक्त जग्गामा पुगेका थिए।
आइतबार ललिता निवासमा पुगेको महानगर प्रहरीको टोलीले ललिता निवासमा बनेका अस्थायी वा अनधिकृत संरचना हटाउन र उक्त क्षेत्रलाई तारबारले घेर्ने बताएको हो।
महानगरको टोलीले ललिता निवास परिसरमा पुगेर ललिता निवासमा संरचना हटाउन सूचना टाँस्दै त्यस क्षेत्रलाई तारबारले घेर्ने भन्दै खाली गर्दिन भनेको छ। काठमाडौं महानगरपालिकाको स्वीकृतिबिना निर्माण भएका वा निर्माणधीन संरचना हटाउन महानगरपपालिकाले आग्रह गरेको छ।
दुई दिनभित्रमा अस्थायी र अनधिकृत संरचना नहटाए महानगरपालिकाले भत्काउने चेतावनीसमेत दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।