• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कानुन व्यवसायी र कर्मचारीबीच ‘वार’, अदालत प्रभावित 

64x64
नेपाल लाइभ आइतबार, असार १७, २०८०  १८:०६
1140x725

काठमाडौं– कानुन व्यवसायी (अधिवक्ता) र जिल्ला अदालतका कर्मचारीबीचको लफडाका कारण अदालत प्रभावित बनेका छन्। गत बुधबार ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको भन्दै अदालतमा कार्यरत कर्मचारीहरुले आइतबार देशभरका अदालतमा आन्दोलन गरे।

कर्मचारीको आन्दोलनका कारण अदालतमा सेवा लिन पुगेका सेवाग्राहीले सेवा पाएनन्। कर्मचारीको आन्दोलनले अदालतको काम कामकारबाही पनि प्रभावित बन्यो।

अभद्र व्यवहारको आरोपमा अधिवक्ता लामिछाने पक्राउ 
नायब सुब्बा तामाङले आफूलाई अधिवक्ता लामिछानेले हातपात गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि गत बिहीबार प्रहरीले लामिछानेलाई पक्राउ गरिसकेको छ। पक्राउ परेका लामिछानेलाई  अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको छ। 

रिहा गर्न कानुन व्यवसायीको माग
उच्च अदालत बार एसोशिएसन पाटन ललितपुरले अधिवक्ता लामिछानेलाई पक्राउ गरिएकोमा आपत्ति जनाएको छ। बार एशोसिएशनले एक विज्ञप्ति जारी गर्दै उच्च अदालत बार एशोसिएन पाटनका सदस्यसमेत रहेका लामिछानेले आफ्नो पक्षको मुद्दामा भएको आदेशबारे जानकारी लिने क्रममा फाँटवाला कर्मचारी नासु तामाङलाई अनुरोध गर्दा निजले आदेश हेर्न नदिएपछि सोही विषयमा श्रेस्तेदारसँगसमेत अनुरोध गरेपश्चात आदेश हेर्नु दिनुहोस् भन्दा आवेशमा आई अपशब्द प्रयोग गरि उल्टै हातपात गरेको आरोप लगाएको छ।

कानुन व्यवासायी लामिछानेले सामान्य प्रतिरक्षा गर्दा सीसीटीभी फुटेज हेरि तत्कालै दोहोरो संवादमार्फत् टुंगो लगाउनुपर्नेमा अदालत प्रशासनले उपयुक्त पहल नगरी प्रहरी प्रशासनको जिम्मा लगाएको भन्दै बारले विरोध जनाएको हो। सत्य,तथ्य नबुझी एकतर्फी रुपमा कानुन व्यवसायीलाई दोषी देखाएको भन्दै घटनालाई तोडमोड गरेको बारको आरोप छ। साथै प्रहरी प्रशासनमा रहेका कानुन व्यवसायी लामिछानेलाई रिहा गर्न समेत माग गरेको  छ।

ललितपुर बार एशोसिएसनद्वारा बेन्च बहिस्कार 
ललितपुर बार एशोसिएशनले आइतबार बेन्च बहिस्कार गरेको छ। फाँटबाट सेवा प्रवाह गर्ने क्रममा नासु तामाङ र अधिवक्ता लामिछानेबीच भएको सामान्य विवादको कारण सृजित घटनाबाट एकतर्फी रुपमा कानुन व्यवसायीलाई दोषी देखाएको भन्दै विरोधमा बेन्च बहिस्कार गरेको हो। 

अधिवक्ता लामिछानेलाई ललितपुर जिल्ला अदालत परिसरबाट पक्राउ गरी उनीविरुद्ध अभद्र व्यवहारमा मुद्दा दायर गरी प्रहरी हिरासतमा राखिएकोमा बिनाशर्त रिहा गर्न माग गरिएको छ। विरोध स्वरुप बारले आइतबार पेसीमा बहस पैरवी नगर्नुका साथै बेन्चसमेत बहिस्कार गरेको छ।

सीसीटीभी फुटेज देखाउन बारको माग, अदालतद्वारा अस्वीकार
ललितपुर बार एशोसिएशनले घटनाको बारेमा सत्यतथ्य बाहिर ल्याउनका लागि सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेको छ। बार एशोसिएशनले उक्त घटनाको सन्दर्भमा ललितपुर बार एशोसिएशन, अदालत प्रशासन, न्यायाधीशहरु र नासु प्रेमिकाबीच ललिपुर जिल्ला अदालतमा बैठक बसी छलफल गर्दा सत्य तथ्य बाहिर ल्याउने प्रमुख प्रमाणको रुपमा रहेको सीसीटीभी फुटेज हेरि अघाडि बढाउन अनुरोध गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

lalit pur adalat1688300312.png

तर अदालत प्रशासनले भने सीसीटीभी रेकर्ड बिग्रिएकाले मर्मतका लागि सर्वोचच अदालत पठाएको प्रतिक्रिया दिएको छ। ललितपुर जिल्ला अदालतको सूचना प्रविधि शाखाले सर्वोच्च अदालत सूचना प्रविधि महाशाखालाई पत्र पठाउँदै ललितपुर जिल्ला अदालतको सीसीटीभी क्यामेराको रेकर्ड गर्नका लागि प्रयोग भएको हार्डडिस्कमा समस्या देखिएको उल्लेख गरेको छ।

साथै बजेटको अभावले गर्दा आवश्यक व्यवस्थापन गर्न नसकिएकाले आवश्यक व्यवस्थापन गरिदिन अनुरोध गरेको छ। कानुन व्यवसायीहरुले लामिछानेको बचाउ गर्दै अदालतका कर्मचारीबाट विज्ञप्ति आउने कार्य असम्बन्धित पक्षबाट अनावश्यक दबाब आएको आरोप लगाउँदै सत्य तथ्य छानबिन गरी दोषिमाथि कारबाही गर्न र लामिछानेलाई तत्काल रिहा गर्न माग गरेका छन्।

निजामती कर्मचारी संगठनहरु नासु तामाङको पक्षमा 
विभिन्न निजामती कर्मचारी संघ, संगठनहरु नासु प्रेमिका तामाङको पक्षमा उभिएका छन्। नेपाल निजामती कर्मचारी संगठन, नेपाल कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन र निजामती एकीकृत सरकारी कर्मचारी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै तामाङको पक्ष लिएका छन्। 

Xtrem

Xtrem

उनीहरुले घटनामा संग्लन कानुन व्यवसायीलाई आवश्यक कारबाहीको लागि लेखी पठाउन र अदालतको अपहेलना मुद्दाको कारबाही अघाडि बढाउन माग गरेका छन्। उनीहरुले कानुन व्यवसायी लामिछानेको अधिवक्ता नं. समेत बदर गर्न माग गरेका छन्। विरोध स्वरुप बिहान १० बजेदेखि १:३० बजेसम्म देशैभरका अदालतको काम ठप्प पार्दै विरोधमा उत्रिएका छन्।

कर्मचारीको आम हड्तालका कारण मुद्दाको पेसी, तारेख लिन पुगेका र मुद्दाको सुनुवाइका लागि अदालत पुगेका सेवाग्राही भने मर्कामा परेका छन्। कर्मचारीले काम बन्द गरेका कारण फाँटबाट हुने कामहरुसमेत प्रभावित बने। कर्मचारीहरुको आन्दोलनका कारण न्याय सम्पादनसम्बन्धी सबै कामहरु प्रभावित भएका छन्।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै संस्थापन पक्षले केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट तीव्र बनाइरहेका बेला देउवा पक्षले बिहीबारदेखि आफ्नै महाधिवेशन प्रक्रिया सु... बुधबार, असोज १४, २०८३
विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रतिनिधिसभाका प्राविधिक पृष्ठभूमि... बुधबार, असोज १४, २०८३
चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद नीनु कुमारी कर्णले सुरक्षा चुनौती देखाउँदै जबरालाई नियन्त्रणमा लिएको घटनाले कानुनी... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्