काठमाडौं– सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले वित्तीय अनुशासन उलंघन गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
सहकारी संस्थाहरुलगायतले ठगी गरेको समाचार बाहिर आइरहेको उल्लेख गर्दै उनले उनीहरुलाई कारबाहीको दायरामा ल्याउने कुरालाई कुनै पनि हालतमा क्षमा दिन नहुनेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए।
आइतबार प्रतिनिधिसभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसद पौडेलले वित्तीय अनुशासन उलंघन गर्नेहरुमाथि कारबाही गर्ने खालको कानुन बनाउने कामलाई पनि सरकार र संसद्ले ख्याल नगरेको भन्दै आपत्तिसमेत व्यक्त गरे।
सांसद पौडेलले सरकार र संसद्ले नागरिकका अतिआवश्यकीय चासोको विषयमा कानुन बनाउने कुरामा ध्यान दिन नसकेको गुनासोसमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।