काठमाडौं- संसदीय मामिला पत्रकार समाजको नयाँ नेतृत्व चयन भएको छ। शनिबार भएको आठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।
नयाँ नेतृत्व अन्तर्गत अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन्। उनले विष्णु क्षेत्री र तुलसी सापकोटालाई पराजित गरेका हुन्।
त्यस्तै उपाध्यक्षमा किरण दहाल र सिर्जना घिमिरे निर्वाचित भएका छन्।
महासचिवमा जयसिंह महरा निर्वाचित भएका छन्। सचिवमा गुञ्जनराज गिरी र सविता शर्मा निर्वाचित भएका छन्। कोषाध्यक्षमा अमुल थापा निर्वाचित भएका छन्।
सदस्यहरुमा कमलराज भट्ट, रोमन आचार्य, शीला तिमिल्सिना, मीरा बस्नेत, अन्जन लामिछाने, राजु थापा, विनोद कटुवाल र रघुनाथ बजगाईं निर्वाचित भएका छन्।
यसअघि सञ्जिव बगाले नेतृत्वको कार्यसमिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।