काठमाडौं– पूर्वसभामुख दमननाथ ढुंगानाले संसदले बनाएको कानुनभन्दा बाहिर रहेर प्रशासन चलिरहेको बताएका छन्।
६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संसद्ले बनाएको कानुनबाट प्रशासन नचलेको उल्लेख गरे।
संसद्ले यसबारेमा ध्यान दिन नसकेको र राजनीतिक पार्टीहरु सत्ताको स्वार्थमा डुबिरहेको उनको भनाइ छ। उनले संसद्ले बनाएका कानुन प्रशासनले नमान्नु भनेको संसद्को अपमान भएको र अहिले सोही कुरा देखिरहेको बताए।
पूर्वसभामुख ढुंगानाले संसद् प्रभावकारी बनाउनका लागि, भ्रष्टाचार घटाउन र सरकारलाई प्रभाकारी बनाउनका लागि काम गर्न जरुरी रहेको बताए। उनले नेपालमा संविधान फाल्ने र अर्को व्यवस्था ल्याउनेतिर धेरै सोच्न जरुरी नरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।