काठमाडौं- सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित पार्न नहुने बताएका छन्। काठमाडौंमा शनिबार संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले सञ्चार क्षेत्रको महत्व धेरै रहेकाले यसलाई कुण्ठित गर्ने कुरा लोकतन्त्रमा स्वीकार्य नहुने बताए।
‘सञ्चार क्षेत्रको महत्व धेरै छ, सञ्चार क्षेत्रलाई कुण्ठित गर्ने कुरा लोकतन्त्रमा न सैद्धान्तिक रूपबाट न दार्शनिक, न व्यावहारिक, न अहिलेको हाम्रो अवस्थाको रूपबाट जरुरी छैन,’ उनले भने।
सञ्चार क्षेत्रमा भएका विकृतिहरूलाई नियन्त्रण भने गर्नुपर्ने उनको भनाइ थियो। ‘यसमा भएका विकृतिहरूलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्छ, ठिक दिशा निर्देशन गर्ने, यसको महत्व बढाउने, समाजवाद निर्माण गर्ने बाटो देखाउने कुरा महत्वपूर्ण छ,’ उनले भने, ‘संसदका सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्षहरूको भूमिकालाई सही दिशानिर्देश गर्ने कुरामा यहाँहरूको भूमिका रहनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।