काठमाडौं- कोशी प्रदेश प्रमुख परशुराम खापुङले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकेका छन्। प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६९ को उपधारा(३) बमोजिम उक्त जिम्मेवारी तोकेका हुन्।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा शुक्रबार जारी विज्ञप्तिमा तत्कालका लागि वर्तमान मन्त्रिपरिषद्लाई जिम्मेवारी तोकिएको उल्लेख छ।
नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मिति २०७९ साल पुस २४ गते नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १८८ को उपधारा(२) बमोजिम २०८० साल असार १४ गते कोशी प्रदेश सभामा विश्वासको मतका लागि राखेको प्रस्ताव सोही धाराको उपधारा(३) बमोजिम २०८० साल असार १५ गते पारित हुन नसकेको भत्रे व्यहोराको पत्र कोशी प्रदेश सभामुख बाबुराम गौतमले प्रदेश प्रमुख खापुङलाई बुझाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।