काठमाडौं– एसिया कप छनोटको पहिलो खेलमा नेपालले ओमानलाई २ सय २२ रनको लक्ष्य दिएको छ।
टस हासेर पहिले ब्याटीङ गरेको नेपालले ९ विकेट गुमाएर २ सय २१ रन बनाएको हो।
नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रनको योगदान दिए। त्यस्तै ज्ञानेन्द्र मल्लले ४५ तथा आरिफ शेखले ३६ रनको योगदान दिए। करण केसी २ छक्कासहित १० बलमा २६ रन बनाएर नटआउट रहे।
कप्तान पारस खड्काको ब्याटीङ राम्रो हुन सकेन। २४ बल खेलेर उनले ८ रन मात्र जोड्न सफल भए।
प्रतियोगिताका ६ टिम मध्ये छनोट पार गर्ने एक टिम भदौ ३० देखि युएईमा हुने एसिया कपमा छनोट हुनेछ। एसिया कपको समूह विभाजन यसअघि नै भइसकेको छ। मलेसिया हुने प्रतियोगिताबाट छनोट हुने टिम भारत र पाकिस्तान रहेको समूहमा पर्नेछ। एसिया कपको समूह ’ए’ मा भारत, पाकिस्तान र छनोट हुने एक टिम परेका छन्। समूह ’बी’ श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।
ब्याटीङ कार्ड-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।