काठमाडौं- सरकारले सार्वजनिक सडकसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। मन्त्रिपरिषद्ले उक्त विधेयक मस्यौदा गर्न सैद्धान्तिक सहमति दिएको हो।
त्यस्तै मन्त्रिपरिषद्ले विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था (नवौ संशोधन) नियमावलीलाई स्वीकृत गरेको छ। मन्त्रिपरिषद्ले
सुर्खेतको गुर्भाकोट नगरपालिका, म्याग्दीको मंगला गाउँपालिका, संखुवासभाको चैनपुर नगरपालिका, रौतहटको गुजरा नगरपालिका, गुल्मीको मुसिकोट नगरपालिका र म्याग्दीको मालिका गाउँपालिकामा परियोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ।
त्यस्तै ललितपुरको झरुवारासीको करिब १३ रोपनी जग्गा आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई उपलब्ध गराउने निर्णय गरेको छ। असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले यो सहित १३ निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।