• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ८, २०८३ Tue, Nov 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले केन्द्रदेखि प्रदेशसम्म ‘अलआउट’

64x64
नेपाल लाइभ शुक्रबार, असार १५, २०८०  १८:५८
1140x725

काठमाडौं- १० पुस २०७९ मा बनेको तत्कालीन एमाले-माओवादी केन्द्र सहितको गठबन्धनका सबै अवशेष अन्त्य भएका छन्। शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको सरकार ढलेसँगै केन्द्रदेखि ७ वटै प्रदेशमा नेकपा एमाले ‘अलआउट’ भएको छ।

कहिले-कहिले आउट भयो एमाले?
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संघ सरकारबाट एमालेले फागुन १५ गते आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलायो। र, लगत्तै सरकारलाई दिएको समर्थन पनि फिर्ता लियो। 

राष्ट्रपति एमालेलाई दिने समझदारीबाट प्रधानमन्त्री प्रचण्डले फागुन १३ गते पछि हटेर कांग्रेसलाई समर्थन गरेपछि पुस १० को गठबन्धन भत्किएको थियो। जसको बाछिटा क्रमश: प्रदेशहरुमा पनि पर्दै गयो।

कोशीमा शुक्रबार ढल्यो
एमालेका हिक्मत कार्की माओवादी केन्द्र, राप्रपा, जसपा सहितको समर्थनमा पुस २४ गते सत्तारोहण गरेका थिए। आर्थिक वर्ष २०८०/८१ को बजेटको मुखैमा माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए। 

तर, आफूमाथि सांसदहरुको विश्वास छ भनेर संसदमा परीक्षणमा उभिएका कार्की शुक्रबार अल्पमतमा परेको गणितीय अङ्कसहित सरकारबाट वहिर्गमन भएका छन्। 

मधेस प्रदेशको सरकार चैत २१ मै छोडेको
संघमा फागुन १३ गते फेरिएको गठबन्धनको बाछिटा देखिने क्रम तत्कालीन समयमै सुरु भएको थियो। तर जसपाले संघमा गठबन्धन फेरे पनि यो प्रदेशमा एमालेले समर्थन कायमै राखेको थियो। उसका ४ मन्त्री र १ राज्यमन्त्री जसपाकै मुख्यमन्त्रीको नेतृत्वमा रहिरहेका थिए। अन्य प्रदेशमा पर्ने गठबन्धनको असरलाई जोगाउन एमालेले आफ्ना मन्त्रीहरु चैत २१ सम्म राख्यो। तर समर्थन भने जेठ १ गतेसम्म राखिरह्यो। 

एमालेले दिएको समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जेठ ३० गते संवैधानिक आधारमा विश्वासको मत लिए। २९ दिनअघि सरकारप्रति अविश्वास देखाएको एमालेले यो दिन भने विश्वास प्रकट गर्यो र मत जाहेर गर्यो। 

यो मत सायद एमालेले कोशीको सम्भावित दृश्यलाई लिएर दिएको थियो। कोशीमा जसपाकी १ सांसद छिन्। उनले शुक्रबार आफ्नो मत एमालेका कार्कीलाई दिएकी भए उनि जोगिने थिए। तर मधेसमा एमालेले लगाएको गुन आजलाई भने कामयावी भएन। 

Ncell 2
Ncell 2
nimb
nimb

बागमतीबाट चैत १० गते बाहिरेको एमाले
यो प्रदेशमा एमाले माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलको नेतृत्वमा पुस २५ गते सहभागी भएको थियो। एमालेका ४ मन्त्रीले चैत १० गते राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए। 

१०५ दिन सरकारको नेतृत्व गरेर एमालेले छोडेको थियो गण्डकी 
यो प्रदेशमा एमालेका नेता खगराज अधिकारीले १०५ दिन नेतृत्व गरेका थिए। पुस २५ मा एमालेसहित माओवादी केन्द्र र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका अधिकारीलाई माओवादीले समर्थन फिर्ता लिएर पछि अल्पमत हुँदै सरकारबाट आउट भएका थिए। 

वैशाख ९ गते संसदमा आफूमाथि विश्वास रहेको प्रस्ताव राखे पनि अस्वीकृत भएपछि उनले सत्ता हस्तान्तरण गर्नुपरेको थियो। यो प्रेदशमा अहिले कांग्रेसको नेतृत्वमा सरकार छ। 

लुम्बिनीमा एमाले वैशाख ११ मै आउट
यो प्रदेशमा एमालेका लिला गिरीको नेतृत्वमा सरकार थियो। उनलाई माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत पार्टी, स्वतन्त्र सांसदको समर्थन थियो। उनी पुस २७ गते मुख्यमन्त्री भएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

माओवादी सहितका दलले उनलाई दिएको समर्थन फिर्ता लिएपछि वैशाख ११ मा विश्वासको मत माग्न संसद उपस्थित भएका गिरी सोही दिन अल्पमत परेर ढलेका थिए। 

कर्णालीमा चैत २७ सम्म सरकारमा
यो प्रदेशमा माओवादी केन्द्रका राजकुमार शर्माको नेतृत्वको सरकारमा एमाले सहभागी थियो। ३ वटा मन्त्रालयको नेतृत्व लिएको यो प्रदेशमा एमाले सरकारमा चैत २७ गतेसम्म रहेको थियो। 

सुपः बहुमत नजुटाउँदा ३० दिनमै सरकारबाट आउट 
तत्कालीन गठबन्धनको भागबण्डामा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको थियो। पुस २७ गते एमालेका राजेन्द्रसिंह रावलले आफूमाथि बहुमत सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी गरेका थिए। 

हुन पनि उनलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थन रहेको देखिन्थ्यो। तर जब माघ २६ गते आफूलाई विश्वासको मत मागे निर्णायक रहेको नागरिक उन्मुक्तिले उनलाई मत दिएन। फलतः उनको सरकार सोही दिन ढल्यो।
 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा
दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, आज यी पाँच खेलमा हुनेछन् प्रतिस्पर्धा
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
प्रधानमन्त्रीको भारत भ्रमण : औसत उपलब्धी, ओझेलमा सीमा विवाद र पुराना मुद्दा प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो द्विपक्षीय भारत भ्रमणलाई परराष्ट्र मामिलाका जानकारहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । केहीले प... मंगलबार, मंसिर ८, २०८३
संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने सङ्घीय संसद् प्रतिनिधिसभाका चार समितिको बैठक आज बस्ने भएको छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूच... मंगलबार, मंसिर ८, २०८३
दाङ पुगेर देउवाले भने– पाँचपटक प्रधानमन्त्री भइसकेँ, अब जीवनभर देशको सेवा गर्छु कांग्रेसको देउवा समूहको १५औँ महाधिवेशनअन्तर्गत सोमबार भालुबाङमा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै देउवाल... सोमबार, मंसिर ७, २०८३
ताजा समाचारसबै
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा मंगलबार, मंसिर ८, २०८३
दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, आज यी पाँच खेलमा हुनेछन् प्रतिस्पर्धा मंगलबार, मंसिर ८, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मंगलबार, मंसिर ८, २०८३
प्रधानमन्त्रीको भारत भ्रमण : औसत उपलब्धी, ओझेलमा सीमा विवाद र पुराना मुद्दा मंगलबार, मंसिर ८, २०८३
ताप्लेजुङको ओलाङचुङगोला ५.६ म्याग्निच्युडको भूकम्प मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
जिपको ढोकाबाट खसेर एक जनाकाे मृत्युु सोमबार, मंसिर ७, २०८३
भारतले हवाई रुट दिन सहमति जनाएपछि गौतमबुद्ध विमानस्थल सञ्चालनको बाटो खुल्दै सोमबार, मंसिर ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्