भरतपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच जम्काभेट भएको छ। भरतपुर विमानस्थलमा एमाले अध्यक्ष ओली काठमाडौं फर्किने क्रममा भेट भएको हो।
भेटमा दुई नेताहरुले चितवनका विषयमा कुराकानी गरेका छन्। एमाले अध्यक्ष ओलीसँग रास्वपा सभापति लामिछानेले स्वदेशकै उत्पादन प्रवर्द्धन सुरु गरिएको भन्दै सहयोग मागेका छन्।
उनले ओलीलाई भने, ‘माछा र केरा बाहिरको नल्याउने अभियान सुरु भएको छ। सहयोग गर्नुपर्छ।’
अन्डामा आत्मनिर्भर उन्मुख रहेकाले त्यस विषयलाई पनि एमाले अध्यक्षपत्नी राधिका शाक्यले उठाएकी थिइन्। तर, लामिछानेले अहिले अन्डाका विषयमा अभियान नचलेको बताउँदै एक-एक गरेर सुरु गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।