काठमाडौं– कोशी प्रदेशका पछिल्ला २ बैठक मुख्यमन्त्री हिक्मत कार्कीले मागेको विश्वासको मतमाथिको तर्क वितर्कमा केन्द्रित छ। बिहीबार उनको प्रस्तावमाथि विभिन्न दलहरुले आफ्नो धाराणा राखेका थिए।
धारणा राख्ने क्रममा तत्कालीन एमालेका नेता तथा हाल एकीकृत समाजवादी पार्टीका सांसद राजेन्द्र राइले आफूले सपनामा पनि एमालेकै नेता भएर भाषणा गरिरहेको देख्ने गरेको बताएका थिए। तर एमालेको पेलाइबाट आजात भएर कार्कीलाई मत दिन नसक्ने बताएका थिए।
राइको उक्त दुखेसोको जवाफ कार्कीले शुक्रबार फर्काएका छन्। उनले राईलाई छाती खोलेर, अंगालो मारेर एमालेमा स्वागत गर्न चाहेको बताएका छन्।
‘निर्वतमान मुख्यमन्त्री ज्यूले भन्नु भयो म सपनामा पनि एमाले नै भएको देख्छु। सपनामा पनि एमालेकै नारा लगाइरहेको देख्छु भन्नुभयो। म अहिल पनि उहाँलाई छाती खोलेर, अंगालो मारेर एमालेमा स्वागत गर्न चाहन्छु,’ कार्कीले भने।
कार्कीले अहिल पनि एमालेमा राईको आवश्यकता रहेकोले एमाले आउँदा अङ्कमाल गरेर भित्र्याउने बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।