काठमाडौं– प्रदेश सभामा आफूलाई विश्वासको मत मागेर निर्णयार्थ पेस हुने बेलामा ३० मिनेट समय मागेर संसद्बाट बाहिरिएका मुख्यमन्त्री हिक्मत कार्की पुन संसद: नफर्केको विषयलाई कांग्रेसले ‘टाप’ कसेको संज्ञा दिएको छ।
कार्कीले बिहीबार आफूलाई विश्वासको मत मागेका थिए। तर निर्णयार्थ पेस हुनेबेला संसद् स्थगित भएको ६ घण्टासम्मा पनि सुरु नभएपछि शुक्रबार ११ बजेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको छ।
कार्कीको उक्त हर्कतबारे कांग्रेस सचेतक भूपेन्द्र राईले संसद छलेर भागेको आरोप लगाएका छन्।
‘मुख्यमन्त्री टाप!! संसदीय व्यवस्थाको बेइज्जत!! विश्वासको मत लिन मुख्यमन्त्रीले प्रदेश सभामा पेस गर्नुभयो। त्यसपश्चात प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलकाहरुले आफ्नो धारणा राख्दै विश्वासको मत दिन नसक्ने धारणा राख्नुभयो,’ राईले ट्विटरमा आक्रोश पोख्दै लेखेका छन्, ‘त्यसपश्चात मुख्यमन्त्री टाप! संसद् छलेर कति भाग्ने हो?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।