काठमाडौं– अपराह्न मै ३० मिनेटका लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक अहिले बस्न लागेको छ।
मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको माग प्रस्ताव गरेपछि अन्य दलका पक्ष विपक्षमा मत राखेपछि स्थगित भएको बैठक बस्न लागेको हो। उनले अब जवाफ दिने छन् र मतदानको कार्य अघि बढ्ने छ।
कार्कीलाई राप्रपाले मात्र समर्थन गर्ने भएपछि उनी अल्पमतमा पर्ने स्पष्ट भइसकेको छ। पुष २३ मा मुख्यमन्त्री भएका कार्की संघको समीकरणको फेरबदलसँगै सत्ता संकटमा परेका हुन्।
यसअघि उनी माओवादी केन्द्र, जसपासहितको दलको समर्थनमा मुख्यमन्त्री भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।