मस्को, रूस- शीतयुद्धपछि पहिलो पटक रुसले सबैभन्दा ठूलो युद्ध अभ्यास गर्ने भएको भएको छ। आउँदो महिनाका लागि तयारी थालिएको रुसी रक्षामन्त्री सर्गेई सोइगुले बताएका छन्।
३ लाख सेना र एक हजार विमान प्रयोग गरी हुने सैन्य अभ्यासलाई भोस्टोक–२०१८ नामाकरण गरिनेछ। सेप्टेम्बर १० देखि ५ दिन हुने अभ्यासमा मुलुकका केन्द्रदेखि पूर्वी क्षेत्रसम्मका सबै तहका सेनाको प्रतिनिधित्व हुनेछ।
'यो अभ्यास पूर्वी युरोपमा सन् १९८१ मा गरिएको झापड–८१ को झलक दिने खालको तर कतिपय विषयमा अझ विशाल अभ्यास हुनेछ,' रक्षामन्त्री सोइगुले भने, 'कल्पना गर्नूस्, ३६ हजार सैनिक हतियार, हतियार ट्याङ्कहरू, सैन्य गाडी एकैपटक चलेको यो पक्कै अनौठो हुनेछ।'
रुसले गत वर्ष झापड–२०१७ नामक सैन्य अभ्यास गरेको थियो जसमा १२ हजार ७०० सेनाको प्रयोग भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।