काठमाडौं– कोशी प्रदेशका एमाले सांसद लिलावल्भव अधिकारीले ‘मन परे पनि मन नपरे पनि’ मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिन आग्रह गरेका छन्।
कार्कीले बिहिबार विश्वासको मत मागि रहेका छन्। उनको प्रस्तावलाई समर्थन गर्दै सांसद अधिकारीले उक्त माग गरेका हुन्।
‘अहिलेको उपयुक्त विकल्प भनेको यहि सरकारलाई विश्वासको मत दिएर सरकारको निरन्तरता प्रदान गर्नु नै हो। वास्तविक रुपमाभन्दा मन परे पनि मन नपरे पनि राजनीतिक दलहरुले विश्वासको मत प्रदान गर्नुहुनेछ भन्ने आसा तथा विश्वास गर्दछु,’ सांसद अधिकारीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।