काठमाडौं– कोशी प्रदेशका कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका छन्। कार्कीले मागेको विश्वासको मतको जवाफ दिने क्रममा सांसद थापाले उक्त माग गरेका हुन्।
कार्कीले बिहीबार विश्वासको मत मागेका छन्। उनको प्रस्तावमा अहिले छलफल भइरहेको छ।
‘एउटा स्वच्छ हृदयले, कुनै पनि यसमा कलुषित भावना नराखिकन यदि यहाँलाई विश्वासको मत पाउँछु भन्ने विश्वास छ भने विश्वासको मतमा जाउँ,’ सांसद थापाले भेन, ‘तर त्यो अवस्था छैन भने विश्वासको मतमा नजाउँ राजीनामा दिएर भोलि बन्ने सरकारलाई मार्ग प्रशस्त गर्दा तपाईंको निमित्त राम्रो अवस्था बन्न सक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।