काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विचार बिनाका पार्टीहरुको लहर चलेको बताएका छन्। बिहीबार मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्
ओलीले राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भए पनि अहिले विचार नचाहिने पार्टीहरुको लहर चलेको बताएका हुन्। उनले विचार बिनाको विचार बोकेर आयौं भन्ने पार्टीहरुको लहर चलेको टिप्पणी गरे।
राजनीतिक दल र नेताहरुले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको उनको भनाइ छ। उनले आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै गएको बताए। अध्यक्ष ओलीले मौलिकता बिनाको आन्दोलनहरु सफल हुन नसक्ने दाबीसमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।